Nepal NewsNepali News (नेपाली)

डायमण्डमा वृक्षारोपण

डायमण्डमा वृक्षारोपण

सुमन जि.सी.
लेखनाथ, १९ भाद्र
५५औं नेपाल रेडक्रस दिवसको अवसर पारेर पोखरा महानगरपालिका तालचोकमा अवस्थित डायमण्ड मा.वि को युवा रेडक्रस सर्कल डायमण्ड मा.वि. ले विद्यालय परिसर भित्र वृहत् सरसफाई तथा विभिन्न प्रकारका विरुवा कपूर, आँप, लिच्चि, अशोका लगाएतका बिरुवा वृक्षारोपण सम्पन्न गरेको छ ।


कक्षा नौ र दश का सम्पूर्ण विद्यार्थीको सक्रियतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्राचार्य यम बहादुर रोकाले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

युवा रेडक्रस सर्कलका सभापति स्वच्छा भण्डारीले कार्यक्रमको बारेमा प्रकाश पारेको सचिब प्रविण अधिकारीले नेपाल रेडक्रसको बारेमा जानकारी दिएको युवा रेडक्रस सर्कल डायमण्ड मा.वि कि शिक्षक नायक सविता ढुङ्गानाले जानकारी दिएकी छन् ।

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: