Nepal NewsNepali News (नेपाली)

श्री लक्ष्मी आर्दश टोल विकाश संस्थाको सहयोग

श्री लक्ष्मी आर्दश टोल विकाश संस्थाको सहयोग

सुमन जि.सी.

लेखनाथ, १३ असोज ।
पोखरा लेखनाथ वडा नं. २७ मा रहेको श्री लक्ष्मी आर्दश टोल विकाश संस्थाले शारिरिक अपाङ्गगता भएका आफ्ना शेयर सदस्यका छोरा छोरीलाई आर्थिक तथा जिन्सि सामान प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष राजु अधिकारी तथा उपाध्यक्षमा विमला पाहारी पौडेलले संस्थाका शेयर सदस्य विवा क्षत्रीकी छोरी डोमा क्षत्रीलाई नगद रु २००० र अर्का संस्थाका शेयर सदस्य अम्मर आले मगरका छोरा धन वहादुर आले मगर लाई रु २००० बराबरको जिन्सि सामान प्रदान गरेको संस्थाका सचिव जयराम राजभण्डारी बताएका थिए । सामाजिक दायित्व कोष बाट सहयोग गरेको र आगामि दिनमा पनि यस्तै सहयोग गरिरहने बताएका छन् ।

 

समाज परिर्वतनमा मा टोल बासी अनि टोल विकाश संस्थाको महत्वपूर्ण भुमिका रहने अनि टोलको हरेक कार्यमा सधै सबैको साथ अगाडि बदैगरेको संस्थाले आगामि असोज २० गते शनिवारका दिन यस क्षेत्रको धार्मिक स्थल चन्द्रकालीका मन्दिर वृहत सरसफाई गर्ने समेत संस्थाकी सदस्य गंगा कोईरालले जनाएकी छन् ।

Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: