Nepal NewsNepali News (नेपाली)News

लेखनाथमा ठुलो मात्रामा मदिरा नष्ट

लेखनाथ, २२ पुस ।

लेखनाथका विभिन्न ठाँउबाट संकलन गरिएको घरेलु मदिरा आईतवार एक कार्यक्रमका विच नष्ट गरिएको छ ।

डाडाकोनाक प्रहरीचौकीको अग्रसरतामा विभिन्न ठाँउबाट संकलन गरिएको दुई सय ५० लिटर तयारी मदिरा र करिव पाँच सय लिटर कच्चा पदार्थ नष्ट गरिएको हो ।

डाडाकोनाक प्रहरीचौकी परिसरमा वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ,वडा नं ३२ का वडाअध्यक्ष अक्कल बहादुर कार्की, वडा सदस्य प्रेम बराल,
सरस्वती नेपाली, लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश ओझा, सचिव त्रिलोचन लामिछाने र कोषाध्यक्ष गंगा खनाल लगायतको सहभागीतामा मदिरा नष्ट गरिएको हो ।

कार्यक्रममा डाडाकोनाक प्रहरीचौकीका प्रमुख प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँडले मदिराका कारण विभिन्न अपराध जन्य क्रियाकलाप मौलाउदै गएकाले यसलाई निरुत्साहीत
गर्नका लागि आगामी दिनमा लेखनाथका सवै ठाँउहरुमा कडा निग्रानीका साथ प्रहरी परिचालन गरिने बताएका छन् ।

 

 

Tags
Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: