Nepal NewsNepali News (नेपाली)

मापदण्ड नपुगेको राज बेकरीमा सिल

मापदण्ड नपुगेको राज बेकरीमा सिल

लेखनाथ, २९ भदौ ।

जिल्ला बजार अनुगमन समिति कास्कीले मापदण्ड नपु¥याई उत्पादन सुरु गरेको पोखरा महानगरपालिका वडा नं २७ को आवस नगरमा संचालनमा रहेको राज बेकरी उद्योगमा सिल गरेको छ ।

स्थानियहरुको गुनासोका आधारमा विहिबार उत्पादन स्थल पुगेको अनुगमन टोलीले बेकरी उत्पादनका मापदण्डहरु पुरा नगरि अस्वस्थकर बस्तु उत्पादन गरेको भन्दै उत्पादन कक्षमा सिल गरेको हो ।

उद्योगबाट उत्पादीत पाउरोटी लगाएत अन्य वस्तुमा बनेको मिती चार दिन अगाडी राखिएको, उत्पादन कक्ष अति नै फोहोेर,बाहिरी वातावरणको सिघै प्रबेश र शौचालयको नजिक भएकाले दुर्घन्दीत देखिएकाले मानव स्वास्थ्यमा असर पुग्ने गरि उत्पादन गरिएको भन्दै चेतावनी स्वरुप सिल लगाएको हो ।

खाद्य निरिक्षक भुमिका प्रधानको नेतृत्वमा आएको टोलीमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधी श्याम प्रसाद तिवारी,उपभोत्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईराल र मञ्चका सचिव मिलन प्रसाद तिवारी रहेका थिए ।

Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: