Lekhnath News (लेखनाथ)Nepal News

शिरोमणि मार्गमा सडक बत्ति जडान

मंसिर २३, लेखनाथ ।

पोखरा –२७ स्थित शिरोमणिमार्गमा सडक बत्ति जडान गरिएको छ । स्थानीय श्री लक्ष्मी आर्दश टोल विकास संस्थाको अग्रसरतामा र पोखरा महानगरपालिका वडा नंं २७ को सहयोगमा मार्गमा ११ वटा सडक वत्ति जडान गरिएको हो ।

उक्त मार्गमा रातिको समयमा हुन सक्ने विभिन्न अपराधहरुलाई न्यूनिकरण गर्न सहयोग पुग्ने उदेश्यका साथ सडक बत्ति जडान गरिएको वडा नंं २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङले जानकारी दिए ।

उक्त मार्गमा विभिन्न रुखहरुका कारण अध्याँरो हुने र लागुपदार्थ दुव्यसनीहरु जम्मा हुने स्थानीयहरुको गुनासो आएपछि सडक बत्ति राख्न पहल गरिएको टोल विकास संस्थाका अध्यक्ष राजु अधिकारीले जानकारी दिए ।

सडक बत्ति जडान सँगसँगै बाटो छेउछाउका रुखहरु र झाडीहरु पनि सफाई गरिएको टोल विकास संस्थाका सचिव जयराम राजभण्डारीले जानकारी दिए ।

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: