Nepal NewsNepali News (नेपाली)News

राजनितिक स्थिरताले मात्र आर्थीक समृद्धी हुन्छ: प्रचण्ड

राजनीतिक स्थिरताले मात्र आर्थीक समृद्धी हुन्छ: प्रचण्ड

भीमपाणि बराल
लेखनाथ, १० कार्तिक
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनितीक स्थिरताले मात्र देशमा आर्थीक समृद्धि हुने बताएका छन् ।
कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा रहेको लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई आयोजना उपभोत्ता संस्थाको चौथो अधिबेसन तथा १३ औ बार्षिक साधारण सभाको सुक्रवार उद्घाटन गर्दै अध्यक्ष दाहालले राजनितीक क्रान्ति सफल भईसकेकाले अव आर्थीक समृद्धिको बाटो तर्फ उन्मुख हुन सवैमा अनुरोध गरेका हुन् ।
बाम गठबन्धन कोही कसैप्रति लक्षित नभएको बताएको बताउदै उनले सरकार गिराउने, सरकारलाई अल्पमतमा पार्ने उदेश्यले गठबन्धन नगरिएको र बरु यसले उल्टै सरकारलाई निर्वाचन गर्नका लागि प्रतिपक्ष दललाई समेत सहयोगीको रुपमा अघि सारेर निर्वाचन सम्पन्न गर्नको लागि सघाउ पुर्याएको बताए । उनले निर्वाचन तालमेल हुनु स्वभाविक भएको लोकतान्त्रिक अभ्यास भित्रकै कुरा भएकाले सहज रुपले लिनुपर्ने बताए ।

उनले पार्टी एकीकरण गर्ने गरी वाम दलहरुबीच भएको गठबन्धनले कांग्रेसलाई एकताबद्ध गरेर गुन लगाएको बताए । गठबन्धनकै कारण फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार लगायत कांग्रेसमा प्रवेश गरेको उदाहरण दिदै प्रचण्ले कांग्रेसलाई वाम गठबन्धनबाट चित्त नदुखाउन सुझाव दिए । कांग्रेसलाई गठबन्धनले गुन लगाएको छ,’ प्रचण्डले प्रष्ट पार्दै भने, ‘कांग्रेस एकताबद्ध भएको छ, गच्छदार लगायत आउनुभएको छ ।

कानुन मन्त्री यज्ञ बहादुर थापाले तोकिएकै मितिमा निर्वाचन हुनेमा कुनै शंका नर्गन आग्रह गरेका छन । सरकार कुनै पनि हालतमा निर्वाचन सार्ने पक्षमा नरहेको बताउँदै मन्त्री थापाले मतपत्र लगायतका विवादमा नपरिकन निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गरेका थिए ।
कार्यक्रममा पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले आफु मन्त्री रहँदा जनताको हितको लागि स्वास्थ्य विमा कार्यक्रम ल्याउन खोज्दा अर्थ मन्त्रालय बाधक बनेको बताउँदै अन्तत अहिले पारित भएको र अबको निर्वाचन पछि बन्ने सरकारले स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा राम्रा कार्यक्रमहरु ल्याउनेमा विशवस्त रहन आग्रह गरेका थिए ।

कार्यक्रममा लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्त संस्थाका संस्थापक अध्यक्ष शालिग्राम पौडेल, राष्ट्रिय खानेपानी तथा सरसफाई महासंचिव चन्द्रकृष्ण कर्माचार्य, नेपाली काँग्रेसका जिल्ला सभापति कृष्ण केसी, नेकपा उमाले कास्कीका अध्यक्ष कृष्ण थापा, नेकपा माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज राजकाजी गुरुङ्ग, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारी, महिलाहरुको तर्फबाट तारा ढकाल लगायतले बोलेका थिए ।
संस्थाको नयाँ नेर्तत्वको चयनका लागी शनिवार निर्वाचन हुने बताईएको छ । संस्थाका अध्यक्ष बोधराज लामिछानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममो सञ्चालन सचिव हरि लामिछानेले गरेका थिए ।

Tags
Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: