Nepal NewsNepali News (नेपाली)News

रोट्याक्ट लेखनाथले सप्ताहव्यापी कार्यक्रम गर्ने

रोट्याक्ट लेखनाथले सप्ताहव्यापी कार्यक्रम गर्ने

लेखनाथ, २६ फागुन

रोट्याक्ट क्लव अफ लेखनाथले सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । रोटा विक अन्तर्गत ७ दिने कार्यक्रम २७ गते देखी गर्न लागेको क्लवका अध्यक्ष सन्दिप पौडेलले जानकारी दिए ।

पहिलो कार्यक्रम अन्तर्गत लेखनाथ पौडेलको जन्मस्थल सरसफाई, दोस्रो दिन पुर्व अध्यक्षहरु सँग अन्तरक्रिया, तेस्रो दिन अन्तराष्ट्रिय रोट्याक्ट दिवस कार्यक्रम, चौथो दिन असाय वालवालिकाहरुलाई सहयोग वितरण कार्यक्रम, पाँचौ दिन फुटशल कार्यक्रम, छैटौं दिन उद्घोषण तालिम र सातौ दिनमा समापन कार्यक्रम गर्ग लागेको कार्यक्रमका मुल संयोजक तथा क्लवका उपाध्यक्ष गोपी कृष्ण तिवारीले जानकारी दिए ।

विभिन्न कार्यक्रममा विभिन्न संयोजकहरु रहेको र सक्रियता पुर्वक काम अगाडी वढाएको क्लवका सचिव उत्तम श्रेष्ठले जानकारी दिए ।

Tags
Loading...

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: