Nepal NewsNepali News (नेपाली)News

बेगनासतालमा करेन्ट लागेर एक भारतीय गम्भीर घाईते

पुस २६, पोखरा ।
पोखराको बेगनासतालमा विजुलीको तारबाट करेन्ट लागेर एक भारतीय नागरिक गम्भीर घाइते भएका छन् । बसपार्क नजिकै रहको एक निर्माणाधीन घरमा मार्वल सफा गर्ने क्रममा विजुलीको नाङ्गो तारबाट करेन्ट लागेर १९ बर्षीय कलीम अलामको पेट र हातमा गम्भिर चोट लागेको छ ।

उक्त घटना लगत्तै उनलाई स्थानीयको सहयोगमा लेखनाथ सामुदायिक लायन्स अस्पताल मोहोरियामा लगिएको थियो। हाल उनको उपचार भईरहेको अस्पतालले जनाएको छ।

भारतको बिहार घर भई हाल पोखरा बस्ने अलाम ज्याला मजदुर गर्दै आएका उनी बिहिबार बिहान १० बजे नै काम शुरु गरेका थिए भने दिउँसो करिब २ बजेतिर उक्त घटना घटेको थियो ।

Tags
Loading...

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: