Nepal NewsNepali News (नेपाली)News

भिर माथीबाट ढुंगा खसेर लाग्दा एकजनाको मृत्यु

स्याङजा, माघ ८
भिर माथीबाट ढुंगा खसी ट्रकमा लाग्दा एकजनाको मृत्यु भएको छ। वालिङबाट गल्याङतर्फ जाँदै गरेको ग.१क. ३७७२ नं.को मिनि ट्रकमा सिदार्थ राजमार्गमा पर्ने वालिङ नगरपालिका-१३, गाहाँखोला स्थित बाटोमा माथिबाट अचानक ढुंगा खसि ट्रकमा लाग्दा ट्रक चालक स्याङजाको पुतलिबजार नगरपालिका-३ बस्ने वर्ष २८ को प्रेम शर्माको मृत्यु भएको छ ।
घाइते शर्मालाई उपचारको लागि प्रथामिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
उक्त ट्रकमा तिन जना सवार रहेकोमा अन्य दुईजना भने सकुशल रहेको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।


Tags
Loading...

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: