EconomicsFinanceNepal NewsNepali News (नेपाली)News

पर्यटन कर्जालाई प्राथमिकतामा राखेका छौं’-क्षेत्रीय प्रबन्धक, एनआइसी एसिया बैंक

“पर्यटन कर्जालाई प्राथमिकतामा राखेका छौं”- क्षेत्रीय प्रबन्धक, एनआइसी एसिया बैंक
पोखरा, २२ पौष
निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआइसी एसिया बैंकले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखी लगानी गर्दै आइरहेको छ। विशेष गरी पोखरा पर्यटकीय नगरी भएकाले पनि पर्यटन लगानीका लागि पहिलो रोजाई बन्नु स्वभाविक पनि हो । पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धनको लागि बैंकले पर्यटन कर्जाको छुट्टै युनिट नै बनाएको छ।
सिए तथा इन्जिनियरलाई नियुक्त गरेर पर्यटन क्षेत्रका बारेमा विभिन्न सल्लाह सुझाव पनि ग्राहकलाई दिदै आइरहेको बैंकमा कर्जाको पोर्टफोलियो पनि बढाईएको छ । गत आर्थिक वर्षको अन्त्यमा ६५ करोड रुपैयाँ रहेकोमा पर्यटन कर्जालाई बढाएर कात्तिक मसान्तसम्म ७ अर्ब ६ करोड २५ लाख रुपैयाँ पु¥याउन बैंक सफल रहेको एनआइसी एसिया बैंकका क्षेत्रीय प्रवन्धक दीपेन्द्र शर्माको भनाई छ।
“समय समयमा पर्यटन व्यवसायीसँग विभिन्न अन्तरक्रियात्मक कार्यक्रम पनि गरिरहेका छौं” – उनले भने। पोखरा, सैराहा, नारायणगढ, हेटौंडा, लुम्विनी, बुटवल, नेपालगञ्ज, दमक, विर्तामोड लगायतका व्यवसायीसँग पर्यटन कर्जाको बारेमा  जानकारी दिनुका साथै बैंकको तर्फबाट छलफल तथा अन्तरक्रिया गरिएको छ।  यस कर्जाको व्याजदर कम हुनुका साथै ग्राहकको इच्छा अनुसार तिर्न र समयावधी परिवर्तन गर्न सकिन्छ।
Tags
Show More

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: