Nepal NewsNepali News (नेपाली)NewsPokhara News (पोखरा)

पोखराको होटलमा सिंगापुरका नागरिक मृत भेटिए

पोखराको होटलमा सिंगापुरका नागरिक मृत भेटिए

१६ जेष्ठ, पोखरा।

सिंगापुरका एक पर्यटक नागरिक पोखराको लेकसाइडस्थित होटल ह्वाइट पर्लमा मृत भेटिएका छन्। बिहीबार बिहान नेपाल भ्रमणमा आएका ६६ वर्षीय कोस्चेङ टेक (पासपोर्ट नं ई४९३६९६०ए) मृत भेटिएका हुन् ।

यही जेठ ६ गते ७ जनाको टोलीसहित नेपाल भ्रमणमा आएका टेक बुधबार पोखराको लेकसाइडस्थित होटल ह्वााइट पर्लमा श्रीमतीसहित बसेका थिए। बिहीबार बिहान साढे ७ बजेसम्म पनि नउठेपछि श्रीमती पीएनजी पेकले उनलाई उठाउन खोज्दा बेहोस अवस्थामा भेटिएपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका लागि पु¥याइएको थियो ।

अस्पताल पु¥याउनासाथ उनलाई डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीले मृत्युको कारण नखुलेको र घटनाका सम्बनधमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Tags
Loading...

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: