EducationNews

त्रिभुवन शान्तिमा स्वर्ण महोत्सवको तयारी

लेखनाथ, ९ कार्तिक

पोखरा महानगरपालिका वडा नं ३० मा रहेको श्री त्रिभुवन शान्ति नमूना माध्यमिक विद्यालयले आफ्नो ५० औँ वार्षिकोत्सव तथा स्वर्ण महोत्सवको अवसरमा शनिवार पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।

स्वर्ण महोत्सवको तयारी स्वरुप विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको विद्यालयले शनिवार पत्रकार सम्मेलन गरी स्वर्ण महोत्सवको व्यापकता र कार्यक्रमहरुबारे जानकारी दिएको हो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोपीराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रधानाध्यापक मित्रलाल सापकोटाले पत्रकारहरुलाई स्वागत गर्दै विद्यालयको विगत, वर्तमान तथा भावी योजना वारे जानकारी गराएका थिए ।

शुभकामना मन्तब्य राख्दै पोखरा महानगरपालिका वडा नं ३० का वडाध्यक्ष श्रीराम पोखरेलले वडाको तर्फबाट सक्दो सहयोग गर्ने बताए।

आगामी मंसिर १ मा समापन गर्ने गरी वैशाखदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएको विद्यालयले रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, शिक्षक तालिम, अन्तर माध्यमिक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता, अन्तरक्रिया, विज्ञान हाजिरी जवाफ, अन्तर माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता जस्ता कार्यक्रमहरु सम्पन्न गरिसकेको प्रचार संयोजक रामचन्द्र भण्डारीले जानकारीे दिए ।

पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष श्रीराम पोख्रेल, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोपीराज पौडेल र प्रधानाध्यापक मित्रलाल सापकोटाले पत्रकारका जिज्ञासाका उत्तर दिदै सबैको साथ र सहयोगको अपेक्षाका साथ स्वर्ण महोत्सव सफल पार्न आग्रह गरेका थिए । कार्यक्रम शिक्षक सुजित सेवानले संचालन गरेका थिए ।

Tags

Related Articles

Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
%d bloggers like this: