Coronavirus
Covid-19
Nepal World
+0 (24h)
886
Confirmed
0
+0 (24h)
4
Deaths
0
20.65%
183
Recovered
0
78.89%
699
Active
+19,035 (24h)
5,803,638
Confirmed
0
+773 (24h)
357,710
Deaths
0
43.23%
2,508,922
Recovered
0
50.61%
2,937,006
Active
Lekhnath

राहत वितरणमा सक्रिय पत्रकार पौडेल

राहत वितरणमा सक्रिय पत्रकार पौडेल

वैशाख १५, लेखनाथ ।

विश्वभर कोरोना भाईरसले महामारीको रुप लिईरहेको बेला नेपालमा पनि त्यसको गम्भीर असर परिरहेको छ । व्यवसायहरु ठप्प छन भने कोरोना रोकथाम एवं नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउन कायमै छ ।

लकडाउनका कारण मजदुरी गरेर जिवन निर्वाह गर्दै आईरहेका वर्ग सबैभन्दा वढी प्रभावित बनेका छन भने उनीहरुका लागि सरकारले विभिन्न स्थानिय तहमार्फत प्रभावितलाई राहत वितरण गरिरहेको छ । विभिन्न संघ संस्था र व्यक्तिहरुले पनि स्थानिय तहसँग समन्वय गर्दे राहत वितरण लगायतका कार्यहरु गरिरहेका छन ।

लकडाउनको समयमा आफ्नो पेशागत भुमिका सँगसँगै रहत वितरणमा सक्रिय छन पत्रकार सन्दिप पौडेल । पोखरा–२७ स्थित नेशनल एफ. एम. प्रालिका सचिव एवं लेखनाथ पत्रकार मञ्चका कोषाध्यक्षसमेत रहेका पौडेल लकडाउन शुरु भएदेखी नै विभिन्न संघसंस्थाहरुसँग समन्वय गर्दै राहत वितरणका लागि खटिरहेका छन ।

हालसम्म ७५ जना भन्दा वढिलाई खाद्यान्न वितरण, २०० भन्दा वढि घरपरिवारमा ताजा तरकारी वितरण एवं मास्क, स्यानिटाईजर जस्ता व्यक्तिगत सुरक्षा सामग्रीहरु वितरण गरिसकेका पौडेलले यस्तो विपतको अवस्थामा मानविय रुपमा सक्नेले नसक्नेलाई दिल खोलेर सहयोग गर्नुपर्ने धारणा राख्छन ।

अहिलेको अवस्थामा धेरै समाजसेवी एवं व्यवसायीहरु विपन्न वर्गलाई सहयोग गर्न तत्पर रहेको बताउने पौडेल राज्यको राहत वितरण प्रणालीसँग भने त्यति सन्तुष्ट छैनन । सरकारले एक खाले दावी गर्दै आईरहेपनि कतिपय ठाउँमा राहतमा पनि राजनिति गर्ने, अलिकती राहतको लागि पनि झन्झटीलो प्रक्रियाका कारण अति आवश्यक वर्गले पनि पाउन नसकेको तितो अनुभव सुनाए ।

जारी लकडाउनको समय पुन थप भईरहँदा सबैले यसको अनिवार्य रुपमा पालना गर्न सके कोरोना भाईरसबाट समुदाय र राष्ट्रलाई जोगाउन सकिने भएपनि यसबाट प्रभावित वर्गहरुको ख्याल राख्नु पनि राज्यको दायित्व भएको उनी वताउँछन । अहिलेको विषम परिस्थितिमा कोहि पनि भोकै वस्नुपर्ने अवस्था आउन नदिन समाजका सम्पुर्ण वर्ग लाग्नुपर्ने वताए ।

आगामी दिनमा पनि पौडेलले पत्रकारीता सँगसगै विभिन्न सामाजी कार्यहरुमा सक्रिय रहने र कहि कतै लकडाउनका कारण प्रभावित भएका र राज्यको नजर नपुगेका व्यक्तिहरु भएको खण्डमा सम्पर्क गर्न अनुरोध समेत गरेका छन ।

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker