EventsMiss Queen LekhnathModel

मिस क्विन लेखनाथ ब्युटी कन्टेस्टको फाईनल चरण शबिनार हुने

मिस क्विन लेखनाथ ब्युटी कन्टेस्टको फाईनल चरण शबिनार हुने भएको छ । युवतीहरुको प्रतिभा र क्षमता प्रष्फुटन मार्फत उनीहरुलाई सामाजिक विकासमा सरिक हुन सघाउने अभियान अन्तर्गत मिस क्विन लेखनाथ सिजन ३ को शनिबार पोखरा सभागृहमा फाईनल प्रतियोगिता हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

लेखनाथ मिडिया हाउसको आयोजनामा लेखनाथका ७ जना प्रतियोगीले फाईनल प्रतिस्पर्धा गर्ने भएको लेखनाथ मिडिया हाउसका अध्यक्ष एंव कार्यक्रम संयोजक सन्दीप पौडेलले बताए ।

४० जनाबाट विभिन्न चरणमा ७ जना अन्तिम फाईनलको लागि छनौट भएको पौडेलले बताए । करिब दुइ महिना अघि देखि उनीहरुलाई तालिम प्रदान गरिएको हो । छनौटका क्रममा उनीहरुलाइ विभिन्न तालिम, अवलोकन तथा अनुसन्धानमा सहभागी गराइएको थियो ।

शनिबार हुने अन्तिम प्रस्पिर्धामा युवतीहरुको बौद्धिक परीक्षण, शारीरिक सुन्दरता र अन्तरनिहीत प्रतिभाको मुल्यांकन गरिने संयोजक पौडेलले बताए । प्रतियोगितामा उत्कृष्ट हुनेले टिभिएस बिगो स्कुटर, फस्ट रनरअपले नगद ५० हजार र सेकेन्ड रनरअपले नगद ३० हजार प्राप्त गर्ने पनि संयोजक पौडेलले बताए । कार्यक्रम गर्न करिब ७ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताबाट बचेको रकम श्रीकृष्ण प्रणामी वृद्धाश्रममा सहयोग गरिने आायोजकले जनाएको छ ।

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
We would like to show you notifications for the latest news and updates.
Dismiss
Allow Notifications