Coronavirus
Covid-19
Nepal World
+0 (24h)
1,401
Confirmed
0
+0 (24h)
6
Deaths
0
15.63%
219
Recovered
0
83.94%
1,176
Active
+2,897 (24h)
6,153,380
Confirmed
0
+364 (24h)
370,870
Deaths
0
44.44%
2,734,549
Recovered
0
49.53%
3,047,961
Active
Nepali News (नेपाली)Sports

दोश्रो वेगनास कपको तयारी अन्तिम चरणमा

दोश्रो वेगनास कपको तयारी अन्तिम चरणमा

लेखनाथ ६ फागुन ।
विकास, अनुशासन र गतिशीलता भन्ने उद्देश्यका साथ महाशिवरात्रीको अवसरमा वेगनासताल किनारमा यहि फागुन ९ गते देखि १७ गतेसम्म हुने दोश्रो बेगनास सेभेन ए साईड फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक बेगनास युवा क्लवले मंगलबार बेगनासताल किनारमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा प्रतियोगिताको लागि फुटबल मैदान मर्मत, विभिन्न क्लवहरुलाई पत्राचार, खेल सामग्रीको व्यवस्थापन लगायतका कामहरु सकिएको र केही कामहरु मात्र बाँकी रहेको क्लवका अध्यक्ष राम बहादुर रानाभाटले जानकारी दिए ।

युवालाई लगानी गरौं भन्ने सोच लाई मुर्त रुप दिनका लागि दोश्रो पटक वेगनास युवा क्लवले फुटबल प्रतियोगिता गर्न लागेको प्रतियोगिताका संयोजक सुवास थकालीले वताए । प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु ५५ हजार ५सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोल रक्षकले जनही रु ५÷५ हजार प्राप्त गर्नेछन् । त्यस्तै अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
वेगनासताल वाँध नजिकैको मैदानमा हुने खेलमा करिव ३५ टिमको सहभागिता रहने अनुमान गरिएको टिम संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन् । प्रतियोगिता सम्पन्न गर्न ७ लाख ५० हजार खर्च लाग्ने र ८ लाख आम्दानी हुने आयोजकले अपेक्षा गरेको छ भने प्रतियोगिताबाट हुने वचत रकमबाट खेल मैदान मर्मत, सरसफाई अभियान र क्लवका विभिन्न सामाजिक कार्यक्रमहरुमा खर्च गरिने अध्यक्ष रानाभाटले बताए । क्लवले विभिन्न प्राकृतिक विपत्ती एवं दैवी प्रकोपका समयमा राहत तथा उद्धारका कार्यहरु गर्दै आईरहेको छ भने साथै वृहत वेगनासताल सरसफाई अभियान पनि सफलताका साथ ८९ औं हप्ता सम्म सम्पन्न गरिसकेको छ।

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker