Coronavirus
Covid-19
Nepal World
+0 (24h)
886
Confirmed
0
+0 (24h)
4
Deaths
0
20.65%
183
Recovered
0
78.89%
699
Active
+19,182 (24h)
5,803,785
Confirmed
0
+777 (24h)
357,714
Deaths
0
43.23%
2,508,944
Recovered
0
50.61%
2,937,127
Active
Nepali News (नेपाली)

अमरसिद्धको ६५ औं वार्षिकोत्सव

अमरसिद्धको ६५ औं वार्षिकोत्सव

फागुन २३, लेखनाथ ।

पोखरा ३१, पचभैयास्थित अमरसिद्ध नमुना माविले आफ्नो ६५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । समारोह उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थी एक भएर लाग्नुपर्नेमा जोड दिए ।

गुणस्तरीय शिक्षा दिने सवालमा विद्यालय सफल रहेको आफूले पाएको बताउँदै प्रमुख जिसीले योजना बनाएर आएको खण्डमा विद्यालयलाई सहयोग गर्न महानगर तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रममा हिगासि हिरोसिमा युनेस्को क्लब जापानका प्रतिनिधि मासाओ वादा, पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत विश्वराज आचार्य, जिल्ला योजना कार्यान्वयन इकाइ शिक्षाका प्रमुख लालप्रसाद पोखरेल, नेकपा वडा ३१ का अध्यक्ष गणेशबहादुर थापा, नेपाली काँग्रेस वडा ३१ अध्यक्ष ध्रुवराज अधिकारी, आनन्दज्योति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुद्रनाथ अधिकारी, छिमेकी विद्यालयतर्फबाट

लक्ष्मी आदर्श मावि प्रअ रवीन्द्रनाथ भटृराई, अभिभावकक दीपक बिक, कक्षा ९ की विद्यार्थी ज्ञानु भण्डारी लगायतले आप्mनो धारणा राखेका थिए ।सो अवसरमा विद्यालयको उन्नतिमा उल्लेख्य भूमिका निर्वाह गरेवापत विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष दामोदरभक्त थापालाई सम्मान गरिएको थियो । यस्तै, भौतिक निर्माणमा योगदान गरेकोमा जिल्ला योजना कार्यान्वयन इकाइ शिक्षाका प्राविधिकहरु इञ्जिनियर र सव–इञ्जिनियरलाई दोसल्ला ओढाउँदै प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रधानाध्यापक विष्णुप्रसाद पौडेलले विद्यालयको वार्षिक प्रतिवेदन सहितको भावी योजना र कार्यक्रम प्रस्तुत गरेका थिए भने विद्यार्थीले मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति राखेका थिए ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष शंकरनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक रमेश सुवेदीले गरेका थिए ।

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker