Coronavirus
Covid-19
Nepal World
+0 (24h)
886
Confirmed
0
+0 (24h)
4
Deaths
0
20.65%
183
Recovered
0
78.89%
699
Active
+9,397 (24h)
5,794,000
Confirmed
0
+572 (24h)
357,509
Deaths
0
43.14%
2,499,544
Recovered
0
50.69%
2,936,947
Active
Nepal NewsNepali News (नेपाली)

आदर्श महोत्सवको तयारी अन्तिम चरणमा

आदर्श महोत्सवको तयारी अन्तिम चरणमा

लेखनाथ , २८ कार्तिक
पहिलो सस्करणको आदर्श महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । कार्तिक ३० गते देखी मसिंर ९ गते सम्म चल्ने महोत्सवको तयारी अन्तिम चरण पुरा भएको आयोजक आदर्श क्लवले वताएको छ । दश दिन सम्म चल्ने महोत्वसमा २७० वटा स्टल रहने महोत्सवमा करिव सवै स्टल वुकिङ्ग भईसकेको क्लवका सचिव पदम गुरुङ्गले जानकारी दिए ।

क्लवद्धारा संचालन गरिने राष्ट्रिय स्तरको फुटवल प्रतियोगितालाई निरन्तर रुपमा सञ्चालन गर्नेमा सहयोग पुग्ने गरि निर्माणधिन रंगशालाको संरक्षण तथा स्तरोन्नती गर्ने र सामाजीक क्षेत्रको विकास गर्ने उदेश्यका साथ  गर्न लागिएको महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता, दैनिक रुपमा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु द्धारा दोहोरी गित, पप कन्सर्ट लगाएतका कार्यक्रम राखिएको आदर्श युवा क्लवका अध्यक्ष लक्ष्मी प्रसाद भण्डारीले जानकारी दिए ।

महोत्सवमा थप रोचक र मनोरङजन दिनका लागि रतौली गित प्रतियोगिता,बिद्यालय स्तरिय नृत्य प्रतियोगिता,राष्ट्रिय स्तरका कलाकारहरुको लोक दोहोरी र साथमा आधुनिक पप कन्र्सट राखिएको छ भने कृषकहरुद्धारा उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने गरि कृषिका स्टलहरुलाई निःशुल्क रुपमा राख्न पाउने ब्यवस्था मिलाईएको छ ।

महोत्सवमा विशेष आकर्षणको रुपमा अष्ट्रिच, उँट सवारी, धरहरा चडी महोत्सव अवलोकन, वाल उद्यान रहेको छ ।
महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनावाट हुने आयोजकले जानकारी दिएका छन् । पहिलो पटक हुन लागेको महोत्सवमा करिव ३ लाख दर्शकले अवलोकन गर्ने वताएका छन् ।

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker