Coronavirus
Covid-19
Nepal World
+0 (24h)
886
Confirmed
0
+0 (24h)
4
Deaths
0
20.65%
183
Recovered
0
78.89%
699
Active
+9,528 (24h)
5,794,131
Confirmed
0
+573 (24h)
357,510
Deaths
0
43.14%
2,499,567
Recovered
0
50.69%
2,937,054
Active
Nepal NewsNepali News (नेपाली)Sports

रिद्धिसिद्धि सिमेन्ट २४ औं आर्दश कप फुटवल प्रतियोगितामा एपिएफ  सेमिफाइनलमा

रिद्धिसिद्धि सिमेन्ट २४ औं आर्दश कप फुटवल प्रतियोगितामा एपिएफ  सेमिफाइनलमा

सुमन जिसी

लेखनाथ,  २२ भदौं

विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफ लेखनाथको भण्डारढिक सैनिक बस्तीमा जारी रिद्धिसिद्धि सिमेन्ट २४ औं आर्दश कप फुटवल प्रतियोगिता २०७५ को सेमिफाईनलमा प्रबेस गरेको छ ।  सुक्रबार भएको खेलमा ब्रिगेड व्वाईज क्लव काठमाण्डोैंलाई ५–४ को गोल अन्तरले पन्छाउदै अन्तिम चारमा स्थान बनाएको हो ।

एपिएफको जितमा कृपा चौधरीले खेलको ३५ र ४३ औं मिनेटमा दुई गोल, सुरेस कुमालले खेलको ३६ मिनेटमा, चुडामणि चौधरीले खेलको ६२ औं मिनेटमा र सविन बडारीले खेलको ४९ औं मिनेटमा एक गोल गरेका हुन । ब्रिगेड व्वाईजको तर्फबाट गणेश बुढाथोकी, विदेशी खेलाडी करीम र ग्लोरीले एक एक गोल गरे भने एपिएफका कप्तान चक्र क्षेत्रीले एक गोल उपहार दिएका थिए । बुढाथोकीले खेलको २२ औं मिनेटमा, ग्लोरीले २५, करिमले ४४ मिनेटमा गोल गर्दा चक्रले ८९ मिनेटमा उपहार गोल दिएका हुन।

गोलरक्षक विट भएको अबस्थामा विपक्षिको फिल्क वललाई बचाउन खोज्दा चक्रले आफ्नै पोष्टमा गोल गर्न पुगेका हुन । खेलको सुरुवातमै एक गोल गरी अग्रता लिएको ब्रिगेड व्वाईजले दोश्रो रोजाईका खेलाडीहरु लियर मैदानम उत्र्रिएको एपिएफ सामु उत्कृष्ट खेल प्रदर्शन गर्न नसक्दा जित सुम्पिन बाध्य भयो । ३ जना विदेशी खेलाडी र १८ बर्ष मुनिका खेलाडीहरु सहभागि युवा जोसिला खेलाडीहरुको टिम हुदा हुदै डिफेन्स पक्ष कमजोरी हुदा आफुहरु एपिएफसंग हार्नु परेको क्लवका म्यानेजर स्मीत लामाले बताए ।

एपिएफका कप्तान चक्र क्षेत्रीले आफुहरुको पहिलो रोजाईका खेलाडीहरु लिगको तयारीको लागि बन्द प्रशिक्षणमा भएकोले आफुहरुले अझ उत्कृष्ट खेल प्रर्दशन गर्न नसकेको बताए । समुह एमा रहेको एपिएफले पहिलो सेमिफाईनल खेलमा आयोजक आदर्श क्लबसंग प्रतिष्प्रर्धा गर्ने भएको छ ।

खेलमा एपिएफका चक्र क्षेत्री म्यान अफ दी म्याच घोषित भए । त्यसै गरी भोलि शनिबार अन्तिम क्वाटरफाईनल खेल एन्फा बाग्लुङ बिरुद्ध जाउलाखेल युथ क्लव काठमाण्डौं बिच हुने भएको क्लवका सहसचिव लक्ष्मी पुनले बताईन।

 

२४ औं सस्करणलाई अम्बे सिमेन्ट प्रालिले मुख्य प्रायोजन गरेको छ । उत्पादनको तयारी गरेको रिद्धिसिद्धी सिमेन्टले शीर्षक प्रायोजन गरेको छ । प्रतियोगितामा आयोजक आदर्श क्लब, कास्की ११, बाग्लुङ फुटबल संघ, स्याङजा फुटबल संघ, तनहँु फुटबल संघसँगै शसस्त्र प्रहरी बलको एपीएफ क्लब, ब्रिगेड व्वाईज क्लब र जावलाखेल युथ क्लब बीच प्रतिस्पर्धा हुने छ । तीन लाख नगद पुरस्कार राशीको उपाधि विजेताले जित्ने छ । उपविजेताको हकमा भने नगद दुईलाख रुपैयाँ पर्ने छ ।

उत्कृष्ठ खेलाडीले नगद २५ हजार प्रदान गरिने छ । उच्च गोलकर्ता, उत्कृष्ठ प्लेमेकर, डिफेन्स, गोलरक्षकले नगद १० हजार रुपैयाा पाउने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए । प्रतियोगितलाई मुख्य प्रायोजन अम्बे सिमेन्ट प्रालि, प्रायोजनमा स्थानीय श्रृंगा यातायात व्यवसायी संघ, सह प्रायोजन गोर्खा ब्रुअरी टुबोर्ग, उप प्रायोजनमा जस्मिन पेन्ट्स प्रालिले गरेका छन् । प्रथम पुरस्कारको प्रायोजन भने बज्र प्लास्ट इण्डष्ट्रिज प्रालिले गरेको छ  ।

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker