Coronavirus
Covid-19
Nepal World
+156 (24h)
1,042
Confirmed
0
+1 (24h)
5
Deaths
0
17.95%
187
Recovered
0
81.57%
850
Active
+30,103 (24h)
5,814,706
Confirmed
0
+1,044 (24h)
357,981
Deaths
0
43.26%
2,515,599
Recovered
0
50.58%
2,941,126
Active
Lekhnath KhabarNepali News (नेपाली)

बेगनास ताल किनारमा चौथो फिस फेस्टिभल सुरु

लोपोन्मुख माछाहरुको संरक्षण र आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उद्देश्य

चैत्र २९, लेखनाथ

बिहीबारदेखि सात तालको शहर लेखनाथको बेगनास ताल किनारमा चौथो फिस फेस्टिभल सुरु भएको छ । स्थानिय जातका माछाहरु लोप हुन लागेपछि विगत चार वर्षदेखी नेपाली नया वर्षको अवसर पारी बेगनास ताल क्षेत्रमा होटल तथा रेष्टुरेष्ट एशोसियसन लेखनाथको आयोजनामा  लोपोन्मुख माछाहरुको संरक्षण र आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उद्देश्यले बेगनास ताल किनारमा फिस फेस्टिभलको आयोजना गरिदै आएको छ । 

फेस्टिभलकै आयोजना गरी सात तालको शहरमा पाइने विभिन्न प्रकारका माछाहरुको प्रदर्शन गरिने भएकाले पनि अधिकांश मानिसहरुलाई माछाको बारेमा जानकारी र यसको संरक्षणका लागी फिस फेस्टिभलले ठूलो भुमिका खेल्ने मत्स्य अनुसन्धान केन्द्रका वरिष्ठ बैज्ञानिक अग्नी नेपाल वताउछन । फिस फेस्टिभलमा आएर  २५ देखि ३० प्रकारका माछाको बारेमा जानकारी लिन सकिने भएकाले माछा सम्बन्धी अध्ययन गर्नेहरुका लागी पनि फिस फेस्टिभल फलदायी हुने नेपालको भनाइ रहेको छ। 

महोत्सव स्थल वरिपरि जंगल समेत रहेकाले रातको समयमा घटनाहरु हुन सक्ने भएकाले फेस्टिभलको सुरक्षा चुस्त दुस्त बनाइएको छ। तालको किनारमा रातको समयमा पनि सञ्चालन हुने फेस्टिभलमा भइपरी आउने दुर्घटना नहोस भन्नका लागी सादा पोशाकका प्रहरी र पोशाकमा प्रहरीहरु परिचालन गरेको इलाका प्रहरी कार्यालय डाडाको नाकका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले वताए।

सात तालको शहरका रुपमा परिचित भएतापनी यसको प्रवद्र्धन हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटकहरु बेगनास क्षेत्रमा पुग्न नसकिरहेको सन्दर्भमा फिस फेस्टिभलले सात तालको प्रवद्र्धनमा टेवा पुग्नेछ।

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker