Coronavirus
Covid-19
Nepal World
+0 (24h)
886
Confirmed
0
+0 (24h)
4
Deaths
0
20.65%
183
Recovered
0
78.89%
699
Active
+9,747 (24h)
5,794,350
Confirmed
0
+579 (24h)
357,516
Deaths
0
43.14%
2,499,801
Recovered
0
50.69%
2,937,033
Active
Nepali News (नेपाली)

एनआइसी एसियाद्वारा विद्यालयलाई वाटर प्यूरीफायर सहयोग

एनआइसी एसियाद्वारा विद्यालयलाई वाटर प्यूरीफायर सहयोग

रामशरण नेपाली
चैत्र २, लेखनाथ ।
निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआइसी एसिया बैंकले मंगलबार पोखरा–२७ स्थित लक्ष्मी आर्दश माविलाई आर ओ सिस्टमको वाटर प्युरीफायर सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विद्यालयलाई सहयोग प्रदान गरेको हो ।

विद्यालयका प्रधानाध्यापक रविन्द्रनाथ भटृराईलाई सहयोग हस्तान्तरण गर्दै बैंकका प्रदेश प्रमुख दिपेन्द्र शर्माले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको र आफ्ना निक्षेप योजनामा आम ग्राहक महानुभावहरुलाई चमत्कारिक फाइदाहरु सहित न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु ल्याएको वताए ।

योजना अन्तर्गत सर्वाधिक उच्च प्रतिफलको साथमा चमत्कारिक फाईदाहरु समेटी रु. २१ लाख सम्मको बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, निःशुल्क डेबिट कार्ड, निःशुल्क क्रेडिट कार्ड, देशभरका कुनैपनि बैंकको कुनै पनि एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने लगायतका ३० चमत्कारिक फाइदाहरु ग्राहकहरुले प्राप्त गर्ने शर्माले जानकारी दिए ।

यस्तै बैंकले गरेको सहयोगले विद्यालयलाई निकै राहत महसुस भएको विद्यालयका प्रधानाध्यापक भटृराईले बताए । उनले सामाजिक कार्य गरेर बैंकले विश्वसनीयता बढाएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरे ।

बैंकले गत वैशाखबाट सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको थियो । उक्त योजना अन्तर्गत संस्थागत तलब बचत खाता खोल्ने ग्राहकलाई दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा असक्त भएका १० लाख रुपैयाँसम्मको बिमा सुविधा र एक लाख रुपैयाँसम्मको मेडिकल बिमा सुविधा प्रदान गर्दै आइरहेको बैंकका प्रदेश उप–प्रमुख शेरचनले जानकारी दिईन । बैंकले १८ वटा घातकरोग बिमासेवा पनि प्रदान गरिरहेको छ ।

देशभर ३ सय १९ वटा शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले गण्डकी प्रदेशमा ३१ वटा शाखाबाट सेवा प्रदान गर्दै आइरहेको र २२ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको बैंकका तालचोक शाखाका प्रबन्धक राजेन्द्र प्रसाद लम्सालले वताए ।

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker