प्रथम वेगनास कपमा सोमवार ७ खेल सम्पन्न

प्रथम वेगनास कपमा सोमवार ७ खेल सम्पन्न
फागुन १३, पोखरा – “सभ्यता र संस्कृतिका लागि खेलकुद” भन्ने नाराका साथ आयोजित प्रथम सेभेन ए साईड वेगनास कपमा दोश्रो दिन ७ खेल सम्पन्न भएका छन्। पोखरा ३१ वेगनासताल किनारमा सम्पन्न प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा आयोजक वेगनास युवा क्लव ए ले ईन्द्रेणी फुटवल क्लव लामास्वारा लाई ५ – ० को फराकिलो गोल अन्तरले हराएको छ। त्यस्तै अर्को खेलमा सैनिक बि लाई टिम ब्रदर्शले ४ -० को सहज जित निकालेको थियो।
सोमबार भएको तेश्रो खेलमा पचभैया बि लाई कुंडहर फुटबल क्लवले शुन्यका विरुद्ध २ गोलले पराजित गरेको छ। त्यस्तै अर्को खेलमा नहरचोक फुटबल क्लवले आवास नगर क्लवलाई शून्य का विरुद्ध २ गोलको सहज जित दर्ता गरेको छ।
सोमवार सम्पन्न पाँचौ खेलमा मित्रबन्धु युवा क्लवलाई फोर टु फाईभ समुहले टाईब्रेकरमा ४ का विरुद्ध ५ गोल अन्तरले पराजित गरेको छ। निर्धारित तथा अतिरिक्त समयमा कुनै पनि गोल नभए पछि खेल टाईब्रेकरमा पुगेको थियो।
निकै नै प्रतिस्पर्धात्मक खेलमा राईजिङ स्टार युथ क्लवलाई पोखरा ईन्जिनियरिङ कलेज पोखराले शुन्यका विरुद्ध १ गोलले पाखा लगाउंदा जुनियर जेसिजले पचभैया ए लाई शून्य का विरुद्ध १ गोलले पराजित गरेको छ।
विजयी सम्पुर्ण टिम अर्को चरणमा प्रवेश गरेका छन्। निकै नै प्रतिस्पर्धात्मक खेलमा दर्शकको उल्लेख साथ र सहभागी रहेको क्लवका अध्यक्ष राम वहादुर रानाभाटले वताएका छन्।
जारी प्रतियोगितामा मंगलबार ६ खेल हुने आयोजकले वताएको छ। पहिलो खेल अन्तर्गत लामागांउ ए ले पचभैया सि को सामना गर्नेछ भने नयाँ गाउँ बि का विरुद्ध झरना एफ सि मैदानमा उत्रनेछ। त्यस्तै अर्को खेलमा वुढिवजार एफ सि ले नयां गाउँ ए को सामना गर्दा सैनिक ए का विरुद्ध एस ओ एस मैदानमा उत्रनेछ। अर्को खेलमा वौद्ध शान्ती क्लवले गेटवे फाउन्डेसन संग खेल्नेछ भने मंगलबारको अन्तिम खेलमा मेरो नेपाल र हिमचुली को कडा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन्।
प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले रु ५५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने तेश्रो पुरस्कारमा रु १५ हजार ५ सय पचपन्न सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु ८ हजार उच्च गोलकर्ताले ५ हजार, उत्कृष्ट प्लेमेकर ५ हजार, उत्कृष्ट डिफेन्स ५ हजार र उत्कृष्ट गोल रक्षकले रु ५ हजार प्राप्त गर्नेछन्। अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।