Coronavirus
Covid-19
Nepal World
+0 (24h)
886
Confirmed
0
+0 (24h)
4
Deaths
0
20.65%
183
Recovered
0
78.89%
699
Active
+9,397 (24h)
5,794,000
Confirmed
0
+572 (24h)
357,509
Deaths
0
43.14%
2,499,544
Recovered
0
50.69%
2,936,947
Active
News

डायमण्ड माविको ३२औं वार्षिकोत्सव सम्पन्न

डायमण्ड माविको ३२औं वार्षिकोत्सव सम्पन्न

रामशरण नेपाली

लेखनाथ, २५ माघ

डायमण्ड मावि पोखरा२७ तालचोकको ३२ औं वार्षिकोत्सव कार्यक्रम शनिवार सम्पन्न भएको कार्यक्रमको उद्घाटनगर्दै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले विद्यालयले समयअनुरुपको शिक्षा प्रदान गरि अब्बल दर्जाकोदक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिए

मेयर जिसिले अब शिक्षालयहरुले प्राविधिक एवं व्यवहारिक शिक्षामा जोड दिनुपर्ने वताउँदै यहाँ उत्पादन भएका जनशक्तिहरु देशका हरेक तह तप्कामा पुगेको देख्न पाउने आशा व्यक्त गरेका थिए

कार्यक्रममा विशेष अतिथि प्याब्सन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माले शिक्षक अभिभावक विद्यार्थिको परस्परसहकार्य समन्वय रहेको खण्डमा हरेक विद्यार्थिलाई देशको योग्य नागरीक जनशक्तिको रुपमा रुपान्तरण गर्न सकिनेवताएका थिए

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिकाशिक्षा महाशाखाका विद्यालय निरिक्षक विश्वराज आचार्य, भुतपुर्व विद्यार्थि डा. नर्मन लामीछाने लगायतले बोलेका थिए

विद्यालयको वार्षिक प्रतिवेदन एवं भावि योजना कार्यक्रमहरुको बारेमा विद्यालयका प्राचार्य याम बहादुर रोकालेप्रतिवेदन प्रस्तुत गरेका थिए कार्यक्रममा विद्यार्थिहरुले विभिन्न साँस्कृतिक प्रस्तुती एवं विज्ञान सँग सम्बन्धीत शैक्षिकप्रर्दशनी प्रस्तुत गरेका थिए

कार्यक्रममा स्वागत मन्तब्य संस्थापक व्यवस्थापक हरि प्रसाद लामिछानेले गरेका थिए भने को सञ्चालन शिक्षक नारायणपराजुलीले धन्यवाद ज्ञापन विद्यालयका निर्देशक माधवशरण उपाध्यायले गरेका थिए

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker