Coronavirus
Covid-19
Nepal World
+114 (24h)
886
Confirmed
0
+0 (24h)
4
Deaths
0
20.65%
183
Recovered
0
78.89%
699
Active
+103,522 (24h)
5,781,650
Confirmed
0
+5,186 (24h)
356,840
Deaths
0
43.13%
2,493,349
Recovered
0
50.7%
2,931,461
Active
Nepal NewsNepali News (नेपाली)News

रुपाताल खोलाको छेउमा ५ औं सिस्टेनी मेला शुरु

रुपाताल खोलाको छेउमा ५ औं सिस्टेनी मेला शुरु

चैत्र २९, लेखनाथ । रुपा युवा क्लव पोखरा–३२ रुपाताल खोलाकोछेउद्धारा आयोजित ५ औं सिस्टेनी मेला शुक्रबारबाट शुरु भएको छ ।स्थानीय पृथ्वीरुपा माविको प्राङ्गणमा आयोजित मेलाको शुभारम्भ गर्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले क्लवले आयोजना गरेको मेलाले लोप हुन लागेको कला संस्कृतीलाई जर्गेना गर्नुको साथै युवाहरुमा खेल संस्कृतिको विकास गराउने काम गरेकोमा प्रशंसा गरे ।
प्रमुख अतिथी ओझाले क्लवलाई विभिन्न सामाजीक कामहरुमा हातेमालो गर्न आग्रह गर्दै यसमा गाउँपालिकाको तर्फबाट आफुले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे ।
क्लवका अभ्यक्ष नमराज खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मेलाका निर्देशक धिरजकुमार श्रेष्ठ, आमासमुहको तर्फबाट उर्मिला सापकोटा र वसुन्धरी अधिकारी, सल्लाहकारको तर्फबाट गोविन्द प्रसाद पँगेनी, पृथ्वीरुपा माविका व्यवस्थापन समितिका अध्यक्ष भद्र ब. सुयल, रुपाकोट पोखरा सम्पर्क मञ्चका अध्यक्ष तिल ब. खड्का, वडास्तरीय वाल क्लवकी अधयक्ष सीमा थापा क्षेत्री लगायतले बोलेका थिए ।
मेलामा राखिएको जुनियर खुल्ला भलिबल प्रतियोगिता अन्र्तगत आयोजक रुपा युवा क्लव ए र आराधाना युवा क्लव पोखरा–३२ खुदीखोला विच भएको उद्घाटन खेलमा आयोजक क्लवलाई १९–२५, २१–२५ र २९–२७ ले हराउँदै आराधाना युवा क्लवले विजयी शुरुवात गरेको छ ।


प्रतियोगिता अन्र्तगत शनिबार पहिलो खेल देउराली युवा क्लव रुपा–५ देउराली र बालकल्याण युवा क्लव खुदी, दोश्रो खेल राईजिङ स्टार युवा क्लव रिट्ठेपानी र शितलनगर युनाईटेड, तेश्रो खेल आयोजक रुपा युवा क्लव बि र मदिना मुस्लिम क्लव विच गरी १० खेल हुने क्लवका अध्यक्ष नमराज खड्काले जानकारी दिए ।


मेलामा भलिबल प्रतियोगितामा विजयी हुने टिमलाई नगद रु ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप–विजेता टिमले नगद रु ३० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा अनुशासित टिम र सर्वोत्कृष्ट खेलाडिलाई नगद रु १/१ हजारको साथमा ट्रफि र प्रमाणपत्र प्रदान गरिने मुल संयोजक सागर श्रेष्ठले जानकारी दिएका छन ।
मेलामा विभिन्न स्थानीय कलाकारहरुको साथमा विविध साँस्कृतिक कार्यक्रम पनि हुनेछ । कार्यक्रममा स्वागत कलवका अध्यक्ष नमराज खड्काले गरेका थिए भने सञ्चालन सचिव अनिल पँगेनीले गरेका थिए ।

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker