News

वेगनास किनारमा दोश्रो वेगनास कप जारी

आईतवार ६ खेल सम्पन्न

वेगनास किनारमा दोश्रो वेगनास कप जारी, आईतवार ६ खेल सम्पन्न

११ फागुन , लेखनाथ –

वेगनास ताल किनारमा जारी दोश्रो सेभेन ए साईड वेगनास कपमा दोश्रो दिन ६ खेल सम्पन्न भएका छन्। आईतवार भएको पहिलो खेलमा एन जि वाई सि ले खेलको पहिलो मिनेटमै १ गोल हानेर पावरजिमलाई दबाबमा राखेको थियो। त्यसको केही मिनेटमै पावरजिमले अर्को गोल गर्दै खेल वराबरीमा ल्याएको थियो। दुई गोलको वराबरीले गर्दा खेल टाईबेकरमा पुगेको थियो। टाईवेकरमा ५ का विरुद्ध ६ गोल गर्दै एन जि वाई सि अर्को चरण प्रवेश गरेको छ।

त्यस्तै अर्को खेलमा हिमाल एन्ड रक्ष मेमोरियल ए ले नौलोतारा क्लव लाई शुन्यका विरुद्ध ३ गोलले सहजै हराउदा हिमाल एन्ड रक्ष मेमोरियल सि ले वेगनासताल मत्स्य ब्यबसायी संग कठिन ३ – २ को जित निकालेको थियो।

प्रतियोगिताको चौथो खेलमा मार्ली एफ सि ले वाक ओभर दिदा बौद्ध शान्ति युवा क्लव सिधै अर्को चरण प्रवेश गरेको छ।
निकै प्रतिस्पर्धात्मक खेलमा शुक्लागण्डकी क्लवलाई बेगनास रेडले ३ शुन्य गोल अन्तरले सजिलै पाखा लगाउदा राईजिङ स्टारले शान्तिदिप माथी ३ २ को कठिन जित हात पारेको छ। पहिलो हाफ गोलरहित वराबरीमा सकिए पनि दोश्रो हाफको केही मिनेटमै शान्तिदिपले एक गोल गर्दै अग्रता लिएको थियो। तर उसको अग्रता केही मिनेटमा राईजिङले एक गोल गर्दै खेल बराबरीमा ल्याएको थियो। दुबै तर्फवाट कुनै गोल हुन नसके पछि खेल टाईब्रेकरमा पुगेको हो। प्रतियोगितामा सोमबार ६ खेल हुने प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन्।

यस क्षेत्रकै सर्वाधिक पुरस्कार राशी रहेको खेलमा दर्शकको उल्लेख साथ र सहभागीता रहेको क्लवका अध्यक्ष राम वहादुर रानाभाटले वताएका छन्। प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले रु ५५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही रु ५ / ५ हजार प्राप्त गर्नेछन् ।

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
We would like to show you notifications for the latest news and updates.
Dismiss
Allow Notifications