[COVID19-SLIP country="Nepal" covid_title="Coronavirus" confirmed_title="Confirmed" deaths_title="Deaths" recovered_title="Recovered" active_title="Active" today_title="24h" world_title="World"]
Nepal NewsNepali News (नेपाली)News

तालवेसीमा नवौं रुपा तालवेसी फागु महोत्सव हुने

तालवेसीमा नवौं रुपा तालवेसी फागु महोत्सव हुने

फागुन २९, पोखरा – रुपा-तालवेसी महोत्सवको प्रवर्द्धन, स्थानीय उत्पादन, कला र संस्कृतिको संवर्द्धन भन्ने नाराका साथ नवौं संस्करणको महोत्सव रुपा तालवेसी फागु महोत्सव हुने भएको छ।

स्थानीय सप्तरंगी क्लवको आयोजनामा रुपातालको किनारमा रुपा गाउँपालिका र पोखरा महानगरपालिकाको सिमानामा पर्ने तालवेसीमा महोत्सव गर्न लागेको मुल संयोजक तथा क्लवका अध्यक्ष कुवेरजंग गुरुङले जानकारी दिएका छन्।

फागु पुर्णिमालाई मनाउन नवौं संस्करणको महोत्सव यहि चैत्र ५ देखि ७ गते सम्म हुन लागेको हो। विगतका वर्षहरु जस्तै यस वर्षको फागु पुर्णिमालाई ग्रामीण परिवेशमा उल्लासमय रुपमा मनाउनका लागि मेलाको आयोजना गरिएको हो। रुपा देखि पोखरा सम्मका दर्शक हरु होलि खेल्दै यहाँ सम्म आएर रमाएको हाम्रो अनुभव छ गुरुङले वताए।

मेलाको मुख्य आकर्षणमा भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता, झांकी प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरु द्वारा लोकदोहोरी, सांझमा लाईभ कन्सर्ट तथा सांस्कृतिक कार्यक्रम रहने क्लबका सचिब सन्तोष खड्काले वताएका छन् ।

भलिबल प्रतियोगिताको विजेताले रु ५० हजार र उपविजेताले रु ३० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथमा उत्कृष्ट खेलाडी, वेस्ट स्पाईकर तथा म्यान अफ द म्याचको उपाधी समेत रहेको आयोजकले वताएको छ। स्वर्गीय गंगा वहादुर गुरुङको स्मृतिमा हुने छेलो प्रतियोगिता तथा एकल नृत्य प्रतियोगिताको विजेताले जनही रु ५ /५ हजार र उपविजेताले जनही रु ३/ ३ हजार प्राप्त गर्नेछन्।

त्यस्तै झांकी प्रदर्शनीमा प्रथम हुनेले रु ३ हजार, दोश्रो हुनेले रु २ हजार तथा सहभागी पुरस्कार रु १/१ हजार प्राप्त गर्नेछन्।

निशुल्क प्रवेश रहने महोत्सवमा करिव १० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने महोत्सवका सल्लाहकार चित्र वहादुर गुरुङले जानकारी दिए।

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker