LekhnathNepal NewsNepali News (नेपाली)News

पोखरा ३०मा दलित भेला सम्पन्न, समन्वय समिति गठन

पोखरा ३०मा दलित भेला सम्पन्न, समन्वय समिति गठन
लेखनाथ, २५ श्रावण।

पोखरा महानगरपालिकाको वडा नम्बर ३०मा वडा स्तरीय दलित भेला सम्पन्न भएको छ । दलितहरुको हकहित तथा विकास निर्माणमा सहयोग पुर्याउने उदेश्यका साथ पोखरा वडा नम्बर ३० खुदीमा शनिबार दलित भेला सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता गर्दै वडा अध्यक्ष श्रीराम पोखरेलले सकारात्मक र संगठित भएर लाग्न आग्रह गर्दै दलित हकहित तथा विकास निर्माणमा जुनसुकै अवस्थामा पनि सहयोग पुरयाउने विचार राखेका थिए। भेलामा उमा परियार,राजु परियार, प्रेम नेपाली लगायतले दलितहरुको हकहित सवालका बारेमा आ-आफ्नो विचार राखेका थिए। उक्त भेलाले सहिद परिवार सदस्य समेत रहेका राजु परियारको संयोजकत्वमा १३ सदस्यीय दलित समन्वय समितिको गठन गरेको छ । समन्वय समितिमा सह संयोजक प्रेम नेपाली, सचिब बिरबल सुनार, सह सचिब सिता नेपाली, कोषाध्यक्ष कृष्ण कुमारी बि.क.र सदस्यहरुमा शोभा परियार, शिब परियार, खड्क बहादुर नेपाली, राजन परियार, लोक बहादुर नेपाली, गोपाल विश्वकर्मा, ओम बहादुर नेपाली, बिना सुनार रहेका छन्।
उक्त कार्यक्रमको स्वागत जनप्रतिनिधि सदस्य रमा नेपालीले गरेकी थिईन भने संचालन वडा नम्बर ३०का कर्मचारी दिपक कोइरालाले गरेका थिए।

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker