Nepal News

लिटल फ्लावरमा विदाई तथा शुभकामना

लिटल फ्लावरमा विदाई तथा शुभकामना

सुमन जि.सी.
लेखनाथ, ९ भदौ ।
पोखरा २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा एक कार्यक्रमका बीच एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई शनिवार विदाई गरिएको छ । हरेक वर्ष जस्तै निरन्तरता दिंदै यस वर्ष पनि शैक्षिक सत्र २०७४ मा विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई विदाई गरिएको हो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार जग बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले यस क्षेत्रको शैक्षिक बिकासमा विद्यालयले खेलेको भूमिकाको चर्चा गर्दै एसईई परीक्षा उत्तीण विद्यार्थीको भावी जीवनको उज्वल भविष्यको कामना गरेका थिए भने वडाको तर्फबाट सक्दो शैक्षिक सहयोग गर्ने वताए ।
कार्यक्रममा बोल्दै विद्यालयका डाइरेक्टर कमल खड्काले यस क्षेत्रकै नाम फैलाउन विद्यार्थीहरुलाई आग्रह गरे । यसै गरी प्रिन्सिपल विष्णुहरि पौडेलले विद्यार्थीहरुलाई आफू पुगेको ठाउँमा उत्कृष्टता देखाउदै विद्यालय र गुरुहरुलाई नबिर्सन आग्रह गर।े शिक्षक रामप्रसाद अधिकारीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार लेप्टन धनबहादुर गुरुङ, अभिभावक कन्या कुमारी गुरुङ, पूर्व प्रिन्सिपल गोपाल थापा, डायमण्ड मोडेल स्कूलका प्रिन्सिपल विक्रम सुवेदी, प्रगतिचोक आमा समाजकी अध्यक्ष देवीमाया गुरुङ, राइजिङस्टार युवा क्लवका अध्यक्ष विष्णुप्रसाद गुरुङ, एसईई परीक्षा उत्तीर्णविद्यार्थी दिपिसा गुरुङ लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

विद्यालय सभाहलमा भएको कार्यक्रममा विदाई कार्यक्रमसँगै शुभकामना प्रदान समेत सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षकशिक्षिकाहरु, विद्यालय संचालकहरु, अभिभावकहरु, व्यवस्थापन समितिका पदाधिकारीहरु तथा कक्षा दशका विद्यार्थीहरुको सहभागिता रहेको थियो । नृत्यहरु समेत प्रदर्शन गरिएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक श्याम खनाल र विद्यालय संस्थापक देवी खड्काले गरेका थिए ।

Show More

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker