News

दुइ थरी शिक्षा नितिका कारण समुदायिक विद्यालयको गुणस्तर खस्कदो –सांसद अधिकारी

दुइ थरी शिक्षा नितिका कारण समुदायिक विद्यालयको गुणस्तर खस्कदो –सांसद अधिकारी

लेखनाथ, ३० कार्तिक ।

सरकारको दुइ थरी शिक्षा नितिका कारण नेपालका अधिकांश सरकारी विद्यालयको गुणस्तर खस्कदो अवस्थामा रहेको छ ।

‘‘२१ औं शताब्दीको आवश्यकता गुणस्तरीय शिप मुलक प्राविधिक शिक्षामा सबैको सहभागिता‘‘ भन्ने मूल नाराका साथ शुरु भएको त्रिभुवन शान्ति नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव २०७६ को अवसरमा वोल्दै प्रमुख अतिथि पुर्व स्वास्थ्य मन्त्रि एवं सांसद खगराज अधिकारीले सरकारको दुइ थरी निति भएका कारण सामुदायिक विद्यालयको गुणस्तर दिनानु दिन खस्कोदो आवस्थामा रहेको कुरामा जोड दिएका हुन् उनले शिक्षामा हाम्रा बालवालिकालाई निजि विद्यालय (बोडिङ्ग स्कुल) खोज्दै पढाउने तर सरकारी विद्यालयमा पढाउन नखोजेकै कारण सरकारी विद्यालयको स्तर खस्केको हो । अधिकारीले विद्यालयको शैक्षिक उन्नयमा अभिभावक, शिक्षक र विद्यार्थीको ठुलो भुमिका रहेको हुनाले हाम्रा वालवालिकालाई देशभक्ति पुर्ण, विज्ञान र प्रविधि मुलक शिक्षा दिन जरुरी रहेको कुरामा जोड दिए ।

कार्यक्रममा प्रदेश सांसद दिपक कोइरालाले शिक्षाको ज्योती फैलाउन विद्यालय स्थापनाकाल देखी हाल सम्म नमुना विद्यालयको रुपमा परिणत गराउन यहाँहरुकै योगदानले भएको औल्याउदै शिक्षा सर्व सुलभ निशुल्क हुनु पर्ने, शिक्षा प्राविधिक एवं सिपमुलक हुुनु पर्ने भएकाले शैक्षिक वेरोजगार घटाउनु पर्ने , श्रम र शिप संग शिक्षा जोडिनु पर्ने , सबैका लागि अनिवार्य आधारभूत गुणस्तरीय शिक्षा जोड दिनु पर्ने कुरामा जोड दिए ।

सोही अवसरमा पुर्व सांसद जिवन परिवारले नेपालको वर्तमान शिक्षा प्रणाली कसरी चलेका छन् ? शिक्षा क्षेत्रमा व्यापक परिवर्तन हुन जरुरी रहेको स्थानीय, प्रदेश र केन्द्रिय संघिय शिक्षा ऐन समयमा ल्याउनु पर्ने, धर्म संस्कृतिको रक्षा गर्दै सुहाउदो प्राविधिक शिक्षा निति वनाउनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओजा, पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोख्रेल, ने.का.कास्कीका नेता देवेन्द्र रानाभाट लगायतले कार्यक्रमा गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने सुझाव राखेका थिए

शनिवार पुर्व शिक्षक, भू.पू. विद्यार्थी, शिक्षा सेवी, समाजसेवी, अभिभावक छात्र छात्रलाई सम्मान एवं पुरस्कार वितरण प्रमुख अतिथिवाट गरीएको थियो भने विद्यार्थी द्धारा पिटी प्रर्दशनी, सांस्कृतिक कार्यक्रम, नाटक कविता वाचन लगायतका कार्यक्रम सम्पन्न गरीएका थिए । भने सुर्वण महोत्सव भोली मंसिर १ गते समापन हुदै छ ।

त्रिभुवन शान्ति नमूना विद्यालयको स्वर्ण महोत्सब वर्ष–२०७६ को पावन अवसरमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक निर्माण, दिगो ब्यबस्थापन, अक्षयकोष निर्माण तथा महोत्सवका विविध कार्यक्रमहरु संचालन गरेको छ ।

विद्यालयकी छात्रा अन्जिता ओझाले स्वागत गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपीराज पौडेलको सभापतित्वमा भएको सो कार्यक्रमको संचालन शिक्षक रामचन्द्र भण्डारीले गरेका थिए ।

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker