Videos

आन्दोलन चर्किने सुरक्षा निकायले विश्लेषण-NEWS 24 (Video)



आन्दोलन चर्किने सुरक्षा निकायले विश्लेषण-NEWS 24

प्रतिनीधिसभा विघटनसँगै आन्दोलन चर्किने सुरक्षा निकायले विश्लेषण गरेका छन् । मन्त्रिपरिषद् बैठकले संसद विघटन सिफारिसको निर्णय गरेसँगै चारै वटा सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा राखिएको छ । चारै वटा सुरक्षा निकायले मातहतका निकायलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयले मातहतका सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन जारी गरेको जनाएको छ । फिल्डमा प्रमुख रुपमा खटिने नेपाल प्रहरीलाई देशव्यापी रुपमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले आकस्मिक रुपमा सुरक्षा सतर्कता बढाउन सातवटै प्रदेशका प्रमुखहरूलाई निर्देशन दिएका छन् । सरकारको निर्णयसँगै आउन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिइएको सम्बन्धिन सुरक्षा निकायका स्रोतले जानकारी दिएका छन्। यस्तै नेपाली सेनाले पनि उच्च सुरक्षा सतर्कता अपनाउन सबै पृतनापतिहरूलाई निर्देशन जारी गरेको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Related Articles

Back to top button
We would like to show you notifications for the latest news and updates.
Dismiss
Allow Notifications

Adblock Detected

Please consider supporting us by disabling your ad blocker