Videos

नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल- NEWS24 TV (Video)



नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।
नेकपा सचिवालयका पाँच सदस्यले बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई पत्र बुझाएपछि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र नेपालबीच छलफल भइरहेको हो । छलफलमा नेपालसँगै नेपाल निकट मानिएका नेता भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त पनि सहभागी छन् । बैठकको सहमतिका लागि लिखित आग्रह गर्दै शनिबार बालुवाटार जाने पाँच नेतामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ थिए । शनिबारको बैठकमा नेता नेपालले ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । यस अघि कार्तिक ५ र ११ मा प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटेर सहकार्यका लागि प्रस्ताव गरेका थिए । तर, नेपालले लगातार पार्टीलाई विधि र पद्धतिमा चलाउन माग गर्दै आएका छन् ।पछिल्लो समय अध्यक्षद्वयबीच विवाद बढीरहँदा अध्यक्ष ओली र पटकपटक नेपाललाई भेटेर आफ्नोतर्फ आउन आग्रह गर्दै आएका छन् । यद्यपी, अध्यक्ष ओलीसँग असन्तुष्ट नेपाल भने प्रचण्डसँगको पछिल्लो सामिप्यता रहँदै आएको छ भने उनलाई प्रचण्ड गुटकै नेताका रुपमा चिनिन्छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
We would like to show you notifications for the latest news and updates.
Dismiss
Allow Notifications