Videos

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय नाघ्यो – NEWS24 TV (Video)



नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै संख्या २ सय ७ पुगेको हो । वीरगञ्जमा मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिलाको मृत्यु भएको छ । उच्च रक्तचापको समस्याबाट पीडित महिलामा वाइड जीन एक्सपर्ट विधिबाट परीक्षढा गर्दा कोरोना देखिएका थियो । यस्तै, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुषको वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको छ । हेपाटाइटीस बी र एचआइभी एडु्का बिरामी समेत रहेका उनलाई नेसन मेडिकल कलेजबाट रिफर भएर अस्पताल आएका थिए । यस्तै, वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । सिकिस्त बिरामी रहेका उनलाई काठमाडौं लैजादै गर्दा मृत्यु भएको छ । यस्तै, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ८४ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति मृत्यु भएको छ । सिरहाको भदैया–६ बस्ने उनको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई खोकी, ज्वरो, र श्वासप्रश्वासमा समस्या भएको थियो । मृत्यु हुनेमा काठमाडौं र भक्तपुरका महिला छन् । काठमाडौंकी ५१ वर्षीया महिलाको शुक्रबार राति साढे १० बजे र भक्तपुरकी ६२ वर्षीया महिलाको आज बिहान पौने ७ बजे मृत्यु भएको हो । चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत बारा निजगढ ७ की ७१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । स्वासप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी महिलामा भदौ ८ गते संक्रमण पुष्टि भएको थियो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker