Videos
पूर्व सिचाईमन्त्री एन पी साउदले तत्कालीन नेकपा एमाले र माओवादीको एकीकरण अप्राकृतिक – NEWS24 TV (Video)

नेपाली कांँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिचाईमन्त्री एन पी साउदले तत्कालीन नेकपा एमाले र माओवादी (केन्द्र) को एकीकरण अप्राकृतिक भएकाले त्यसले नतिजा दिन नसकेको दावी गर्नु भएको छ । पूर्वमन्त्री साउदले नेपाली काँग्रेसले सुरुदेखिनै यी दुई पार्टीका बीच विचार र सिद्धान्तनै नमिलेकोले सो मिलन यात्रा लामो समयसम्म नटिक्ने भन्दै आएको र आज आएर सो सत्य सावित भएको बताउनुभयो । रौतहटको चन्द्रनिगाहपुरमा सामाजिक अभियन्ता एवम् नेपाली कांँग्रेसका युवा नेता नितेशकुमार गुप्ताको जीवनमा आधारित वृतचित्रको बिमोचन कार्यक्रम उहाँले नेपाली काँग्रेसले सरकारलाई साथ दिए पनि नेकपाकै कारण देशमा कलहको विउ रोकिएको बताउनुभयो ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJantaSanga #PowerNews