प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा बहस – NEWS24 TV (Video)

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा बहस सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि त्यसका विरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । सबै रिटमाथि माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको छ । आज सुनुवाइको नवौं दिन पनि निवेदक तर्फका कानुन व्यवसायीले बहस गर्ने भएका छन् । वरिष्ठ अधिवक्ता र अधिवक्ता गरि अझै ४६ जना बसहको क्रममा छन् । सोमबार वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले बहस गरेका थिए । उनीहरुले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएकाले खारेज गर्नुपर्ने जिकिर गरेका थिए । आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमै बहस सुरु भएको हो । निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएपछि सरकारी पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि एमिकस क्युरीको राय लिएर संवैधानिक इजलासले फैसला सुनाउनेछ ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJantaSanga #PowerNews