Videos

फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती पूर्वी नेपालका विभिन्न जिल्लामा आज मनाइँदै – NEWS24 TV (Video)



नेपालका १६ औं राष्ट्रिय विभुती तथा किरात धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती पूर्वी नेपालका विभिन्न जिल्लामा आज मनाइँदैछ ।किरात धर्मको समाज सुधारकको रुपमा परिचित महागुरु फाल्गुनन्द लिङ्देनको १ सय ३६ औँ जन्मजयन्ती आज किरात धर्मावलम्बीहरुले धुमधामका साथ मनाउँदैछन् । नेपाल सरकारबाट २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषित महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ साल कात्तिक २५ गते आइतबार प्रदेश न. १ को माङ्सेबुङ गाउँपालिका वडा नं २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो । किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिनुहुने फाल्गुनन्दले किरात समुदायमा मासु र मदिरा खान नहुने, छोरीलाई समेत छोरासरह समान शिक्षा र अधिकार दिइनु पर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गरिनु पर्ने, बिहे रीतको नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गरिनु पर्ने, सिरिजङ्गा लिपी प्रचलनमा ल्याउनु पर्ने लगायतका सामाजिक सुधारको अभियान चलाउनुभएको थियो । विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन हुनुभएका उहाँलाई किरात धर्मावलम्बीहरुले देवदूतको रुपमा उच्च सम्मान गर्दैआएको छन् । यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

http://www.youtube.com/user/news24tvchannel
https://www.instagram.com/nbcnepal/
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : WWW.NEWS24NEPAL.TV

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
We would like to show you notifications for the latest news and updates.
Dismiss
Allow Notifications