संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको सभामुखको भनाइ – NEWS24 TV (Video)

सभामुख अग्नि सापकोटाले संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको बताउनुभएको छ । अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने भन्दै सभामुख सापकोटाले संविधानको रक्षाकालागि आफूले खेल्नुपर्ने भुमिकाबारे सबै पक्षसंग परामर्श गरिरहेको बताउनुभयो । विघटित प्रतिनिधिसभाका महिला सदस्यहरुसँग सभामुख सापकोटाले यस्तो बताउनुभएको हो । उहाँले अहिलेकै परिस्थितिमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको पनि उल्लेख गर्नुभयो । नेकपा (प्रचण्ड–माधव समूह) को अखिल नेपाल महिला संघ, नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ र विवेकशिल साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाले सभामुख सापकोटालाई संयुक्त ज्ञापनपत्र बुझाएका थिए ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews