AFTERNOON NEWS HEADLINES_2077_07_07 – NEWS24 TV (Video)

घटस्थापनादेखि सुरु भएको हिन्दू नेपालीको ठूलो चाड दसैंको सातौं दिन आज फूलपाती । फूलपातीदेखि नै खास दसैं सुरु भएको मानिन्छ । विभिन्न सिलसिलामा घर छाडेर टाढा बसेका अधिकांश आजसम्म पुख्र्यौली घर पुगिसक्छन् । र, उनीहरुको एकत्वमा बल्ल सुरु हुन्छ दसैंको खास रौनक । वर्षभरि जति दुःख गरे पनि दसैंका बेला गच्छेअनुसार मिठोमसिनो खाने परम्परा छ । खानपिन, रौस–रमाइलो बाहेक परिवारका सम्पूर्ण सदस्यको सम्मिलन यो पर्वको अर्को विशेषता हो । तर यो बिसम परिस्थितीमा कोरोना संक्रमणको त्रास राख्दै दशैं मनाउनुको विकल्प छैन । दसैँ मनाउने सबै सतर्क र सजग हुनु आवश्यक छ । आफन्तहरू रोगले संक्रमित भएर पनि उपचार नपाउने अवस्थाको कल्पना निकै भयावह हुन्छ । त्यसैले चाडबाड मनाउँदा कोरोनालाई नहेपौँ । यो महामारी हो, व्यथाले च्यापेर, अप्ठेरो भएर पनि अस्पतालमा आइसियू या भेन्टिलेटरसमेत नपाउँदाको दुःख, मृतक आफन्तको परम्परागत रूपमा सतगत गर्न नपाउँदाको पीडा सम्झेर पनि दसैँमा सतर्क बनौँ । भौतिक दूरी कायम गर्दै टाढैबाट भेटघाट र आशीर्वाद लिँदै दसैँलाई मात्र होइन, कोरोनालाई पनि बिदा गरौँ । तपाईंको दसैं शुभ रहोस, सुखद बनोस् । नवदुर्गा संधै दाहिना रहुन् ।
आफ्टरनुन न्यूजका हेडलाइन्स ।
१. दशैंघरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतिक फूलपाती भित्र्याइंदै, गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका ल्याइँदै ।
२. कोरोना संक्रमणको दर बढेसँगै मृतकको संख्या पनि बढ्दै, विराटनगरमा दुईजना संक्रमितको मृत्यु ।
३. आजदेखि नेपालमा क्लिन फिड लागु गर्ने मन्त्रिपरिषदको निर्णय, विज्ञापन रहित विदेशी च्यानल प्रशारणको अनुगमन गरिने ।
४. पाण्डे र शंकर चम्किदा आईपीएल टी–ट्वान्टी क्रिकेटमा हैदराबादको सहज जित, राजस्थान ८ विकेटले पराजित ।
५. र, विश्वभर ४ करोड १९ लाखमा कोरोना संक्रमण, ३ करोड ११ लाख बढी संक्रमण मुक्त, अमेरिका सबैभन्दा बढी प्रभावित ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews