Videos

PRIME TIME 8 PM NEWS_2077_05_08 – NEWS24 TV (Video)



नेपालमा कोरोना भाइरस संक्रमणको लहर कुन चरणमा छ भन्न सकिदैन । तर, सरकारी योजना खासै प्रभावकारी भएको पाइदैन । दैनिक जसो संक्रमित तीन अंकमा बढेका मात्र छैनन, मृतकको संख्या पनि उत्तिकै थपिएको छ । यता, सरकार भने झण्डै १३ अर्बभन्दा बढी खर्च भइसकेको बताउँछ । अहिले कोभिड–नाइन्टिनका संक्रमितहरू कतिपय आ–आफ्नै घरमा बस्न बाध्य भएका छन् । आइसोलेसन नामका स्थानमध्ये अधिकांशमा मानवोचित सुविधा छैन भने बिरामी हुँदा उपचार नपाएर कतिको ज्यान गएको छ । क्वारेन्टिनमा विदेशबाट फर्केकाहरू आफ्नै खर्चमा बसेका छन् । अस्पताल जान परे काठमाडौंमै पनि एम्बुलेन्स पाइँदैन भने मोफसलबाट अस्पताल डुलाउँदा डुलाउँदै बिरामीको मृत्यु भएको न्यूज आउने गरेका छन् । के सरकारले दाबी गरे जस्तै कोरोना संक्रमण नियन्त्रणमा उल्लेख्य प्रगती भएको छ त ? व्यवहारमा देखिदैन । अझ काठमाडौं उपत्यका सहित देशका मुख्य–मुख्य शहरहरु सबैभन्दा बढी प्रभावित भएका छन् । मृतकको संख्या पनि उत्तिकै बढेको छ ।

प्राइम टाइम न्यूजका हेडलाइन्स ।

१. उपत्यकामा २ सय २४ सहित देशभर ७ सय ४३ जना नयाँ संक्रमित, देशभर संक्रमितको संख्या ३२ हजार ६ सय, मृतक १५७ ।

२. कोभिड उपचारका लागि तय गरेको तीन तहको अस्पताल संरचना खारेज, सबै अस्पताल कोभिड–१९ को बिरामी उपचारमा सूचिकृत ।

३. काठमाडौं, रौतहट र पर्सा बने कोरोनाको हटस्पट, संक्रमित हुने मात्र नभई मृत्यु हुनेको स्रंख्या पनि बढ्यो ।

४. कोभिड १९ रोकथाममा सरकारले राम्रो काम गरेको नेकपा कार्यदलको निष्कर्ष, जनजीवनलाई क्रमशः सामान्य अवस्थातर्फ फर्काउन सुझाव ।

५. र, निषेधाज्ञाकाबीच पनि सीमाबाट सयौं नेपाली घर फर्किए, बिग्रिएको थर्मल गनबाट ज्वरो नापिँदै, सरकार भन्छ–सीमामा कडाई छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PrimeTimeNews

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
Continue in browser
To install tap Add to Home Screen
Add to Home Screen
To install tap
and choose
Add to Home Screen
Continue in browser
To install tap
and choose
Add to Home Screen
Continue in browser
Continue in browser
To install tap
and choose
Add to Home Screen
We would like to show you notifications for the latest news and updates.
Dismiss
Allow Notifications