Videos

PRIME TIME 8 PM NEWS_2077_05_11 – NEWS24 TV (Video)



भदौ १ गते यताको तथ्यांकलाई हेर्ने हो भने ११ दिनमा ७६ जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन् । अर्थात् प्रतिदिन झण्ड्रै ७ जनाले ज्यान गुमाइरहेका छन् । भदौ १ गते १ सय ७ जनाको मृत्यु भएको थियो भने अहिले यो संख्या बढेर १ सय ८३ पुगेको छ । उता, भदौ १ गते मुलुकभर २७ हजार संक्रमित थिए भने ११ दिनमै यो संख्या बढेर ३५ हजार नाघेको छ । अर्थात् ८ हजार २ सय ८८ जना संक्रमित थपिएका छन् । तर, यो बीचमा निको हुनेको संख्या बढेपनि यसअघिको अनुपातमा खासै होइन । यो तथ्यांकले पनि भन्छ– अवस्था भयावह बन्दै गएको छ । काठमाडौं उपत्यकामा त झन् २२ सय बढी संक्रमित थपिएका छन् । यो संख्या बढ्दो छ । तर, सरकारको योजना अघि सरेका छन् । हरेक निर्णय हचुवाको भरमा लिँदा आलोचना भइरहेको छ । उता, निषेधाज्ञा अवज्ञा हुन थालेका छन् ।यसले पार्ने प्रभाव कस्तो हुन्छ, एक पटक मनन गरौं । कोरोनाबाट बच्ने उपाय सबैले अवलम्बन गरौं ।

प्राइम टाइम न्यूजका हेडलाइन्स ।

१. उपत्यकामा ३७७ सहित २४ घण्टामा देशभर ११ सय ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५ हजार नाघ्यो,मृतक १८३ ।

२. उपत्यकाका तीन जिल्लामा ६ हजार जनालाई राख्न मिल्ने क्वारेन्टिन र ५ हजार बेड आइसोलेसन बनाइने, दशरथ रंगशाला र भृकुटीमण्डपलाई क्वारेन्टिन बनाइने ।

३. कोरोना खोपको परीक्षणका लागि नेपालले थाल्यो छलफल, संक्रमितका लागि प्रभावकारी मानिएको औषधि रेम्डेशिविर ल्याउने तयारी ।

४. अन्तर्राष्ट्रिय कोषबाट ११ अर्ब ६५ करोड सहुलियतपूर्ण ऋण लिन अर्थ मन्त्रालयलाई स्वीकृति, वैदेशिक अध्ययन अनुमति पत्र खुला गर्ने निर्णय ।

५. र, टिकटकका प्रमुख कार्यकारी अधिकृत केभिन मेयरले दिए राजीनामा, अमेरिकाले प्रतिबन्ध लगाउने निर्णय गरेपछि बाहिरिए ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PrimeTimeNews

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker