PRIME TIME 8 PM NEWS_2077_05_19 – NEWS24 TV (Video)

कारोनाले देशको अर्थतन्त्र थिङथिलो बनेको समयमा अर्थमन्त्री डा. युवराज खतिवडाले राजिनामा दिएका छन् । तालीले मन्त्रिपरिषदमा स्वागत पाएका अर्थ मन्त्री गालीसहित विदा भए । चुनावपछि मन्त्रिपरिषद गठन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई वाहवाही दिलाउने पात्र बनेका थिए, अर्थमन्त्री डा. युवराज खतिवडा । नेपालमा पटक–पटक फेरिने सरकारमा विज्ञहरुले मन्त्री बन्न नपाइरहेका बेला डा. खतिवडा ओलीको क्याबिनेटमा सोझै ‘विज्ञ अर्थमन्त्री’ बन्न पाउने भाग्यमानी हुन् । दलमा लामो समय योगदान गरेका नेतालाई छाडेर ‘टेक्नोक्र्याट’लाई रोजिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा सबैभन्दा आशा गरिएका पात्र थिए, राष्ट्र बैंकका पूर्वगभर्नर र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष भइसकेका खतिवडा । तर, डा. खतिवडाको राजीनामासँगै वौद्धकताले राजनीतिलाई जित्न सके या राजनीति वौद्धकताको तगारो भयो ? यसको जवाफ अहिले भन्दा पनि अझ भविष्यमा मुल्यांकन होला । अरु जे जे भए पनि देशको आर्थिक नीतिलाई अनुशासनमा राख्न चाहाने डा. खतिवडाले यो विसंम परिस्थितीमा खेलेको भूमिकालाई पक्कै नजरअन्दाज गर्न मिल्दैन ।
प्राइम टाइम न्यूजका हेडलाइन्स ।
१. पछिल्लो २४ घण्टामा १४ जनाको कोरोनाबाट मृत्यु, मृतक २७१ पुगे, देशभर एक हजार ३५९ संक्रमित थपिए ।
२. संक्रमणको दर निरन्तर बढेपछि काठमाडौंको वडा वडामा पीसीआर परीक्षण तीब्र पारियो, बढी संक्रमण देखिएको वडामा ५ पटकसम्म स्वाब संकलन ।
३. युवराज खतिवडाद्धारा अर्थमन्त्री पदबाट राजीनामा, बाहिर बसेरै सहयोग गर्न प्रधानमन्त्रीको आग्रह, सञ्चार र अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने ।
४. भारतले चीनको विवादास्पद सीमामा गोरखा सैनिक खटायो, गोरखा सैनिक सम्बन्धि त्रिदेशीय सम्झौता प्रतिकूल हुन सक्ने विज्ञहरुको भनाइ ।
५. र, भारतले आधार कार्ड भएका नेपालीलाई धमाधम देश भित्र्याउदै, नेपाली कामदारको अभावमा ठूलो क्षेत्र प्रभावित बनेको भारतीय निष्कर्ष ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews