Videos

PRIME TIME 8 PM NEWS_2077_06_12 – NEWS24 TV (Video)



महिलामाथिको हिंसाले हद् नाघेपछि सरकार पनि सतर्क देखिन थालेको छ । एसिड आक्रमण जस्तो बर्बरता अन्त्यका लागि सरकारले अध्यादेश जारी गरेपछि अब सबैको ध्यान बलात्कार जस्तो जघन्य अपराधतर्फ तानिएको छ । दैनिक सरदर ३ वटा बलात्कारको घटना हुन थालेपछि र सम्झना कामीहरु जस्ता कलिला मुनाहरु पनि अकालमा नै निमोठिपछि समाज कति संवेदनहीन बन्दैछ भन्ने छर्लङ्ग भएको छ । हुनत निर्मला पन्तलाई न्यान दिन देश नै जुरुक्क उठेको बेला सरकारलाई तातो लागेको भए अन्य बालिकाहरुले निर्मलाको नियति भोग्नु पर्ने थिएन होला । महिला सांसदहरु पनि निर्मला र सम्झनाहरुको थप पीडा भोग्न नपरोस् भनेर जुर्मुराउँदै गर्दा कठोर कानून नै एकमात्र विकल्प हो भन्ने निष्कर्ष निकाल्न सरकारलाई पनि पक्कै गाह«ो नपर्ला ।

प्राइट टाइम न्यूजका हेडलाइन्स ।

१. गत २४ घण्टामा ४ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या ४ सय ८१ पुग्यो, एकैदिन १३ सय बढीमा भाइरस पुष्टी ।

२. बलात्कारीलाई फाँसीको सजाय व्यवस्था गर्न महिला सांसदहरुको माग, अन्तर्राट्रिय सन्धिहरु बाधक रहे आवश्यकता अनुसार परिमार्जन गर्न सुझाव ।

३. मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपा अध्यक्षद्वयबीच सोमबार पनि सहमति जुटेन, मापदण्डमा सहमति जुटाउन छलफल जारी राखिने ।

४. पार्टीलाई विधानसम्मत् सञ्चालन गर्न कांग्रेस संस्थापनइतर समूहको विरोधपत्र दर्ता, सभापति शेरबहादुर देउवाले विधि र प्रक्रिया मिचेको आरोप ।

५. र, सिन्धुपाल्चोकको जुगल गाउँपालिका बोल्दे पहिरोको उच्च जोखिममा, वस्ती स्थानान्तरण गरिदिन स्थानीयको आग्रहमा सरकारको वेवास्ता ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PrimeTimeNews

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
We would like to show you notifications for the latest news and updates.
Dismiss
Allow Notifications