PRIME TIME 8 PM NEWS_2077_06_13 – NEWS24 TV (Video)

कोरोना भाइरसको संक्रमणको दर निरन्तर उकालो लागेको छ । एक महिनाको अन्तरालमा संक्रमितको संख्या मात्र नभई मृत्यु हुनेको संख्या केलाउँदा यसको रफ्तार रोकिएको छैन । भदौ १ गतेसम्म देशभर १ सय ७ जनाको मृत्यु भएको थियो भने संक्रमितको संख्या २७ हजार २ सय ४१ थियो । तर, असोज १ गतेसम्म अर्थात् १ महिनामा मृतकको संख्या २ सय ७६ ले बढेर ३ सय ८३ पुग्यो भने संक्रमित ३२ हजार ३ सय ३२ जना थपिए । र, असोज १३ गतेसम्म आइपुग्दा मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ । अर्थात् १३ दिनमा थप १ सय ८ जनाले ज्यान गुमाएका छन् । र, संक्रमितको संख्या पनि १६ हजार ६ सय ८५ ले बढेर ७६ हजार नाघेको छ । अझ, चाडपर्व नजिकिएका छन् अबको १८ दिनमा महान पर्व दशैं सुरु हुँदैछ । संक्रमितको संख्या थप बढ्नेछ । त्यसतर्फ सरकारी योजना र रणनीति देखिँदैन । संक्रमण रोक्न हात उठाइसकेको सरकारी मानसिकताले पनि अवस्था भयावह उन्मुख देखिन्छ ।
प्राइम टाइम न्यूजका हेडलाइन्स ।
१. कोरोना नियन्त्रणमा आउने छाँटकाँट देखिएन, एकैदिन १५ सय १३ संक्रमित थपिए, सरकार भन्छ– उपत्यकामा सरकारी तथा गैरसरकारी संस्थाका कारण संक्रमण फैलियो ।
२. मन्त्रिपरिषद पुर्नगठनको गाँठो फुकेन, अध्यक्षद्वय आ–आफ्नै दाउमा, पुरै सेट परिवर्तन गर्नुपर्ने प्रचण्डको प्रस्तावमा ओली असहमत ।
३. सिन्धुपाल्चोकस्थित तातोपानी नाका असोज १९ गतेदेखि सञ्चालनमा आउने, श्रमिकको ५÷५ दिनमा पीसीआर परीक्षण गरिने ।
४. ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी लगाएर लोकल भन्दै बिक्री गर्ने चार भारतीय पक्राउ, रङ्ग लगाउन बाँकी २८ हजार ६ सय चल्ला बरामद ।
५. र, दोलखाको सैलुङ गाउँपालिकाले सडक प्रयोग गरेबापत सवारीसाधनबाट चर्को शुल्क उठाउँदै, आर्थिक श्रोत नभएकाले सवारी कर उठाइएको अध्यक्षको गैरजिम्मेवार जवाफ ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PrimeTimeNews