Videos

PRIME TIME 8 PM NEWS_2077_06_14 – NEWS24 TV (Video)



कोरोना भाइरसको जोखिम कम भएको छैन । देशभर संक्रमित बढीरहेका छन् भने मृतकको संख्यामा पनि कमि आएको छैन । कोरोना रोकथाममा सरकारको भूमिकामाथि प्रश्न उठीरहेको छ । महामारी फैलने डरले बन्द गरिएका कतिपय क्षेत्र खुला गरिएको छ । तर, जोखिम कम भएको छैन । सरकार उल्टै कोरोना फैलनुको जिम्मा सरकारी तथा गैरसरकारी संस्थालाई मानिरहेको छ । स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउनु सं्रक्रमण फैलनुको उपज भएको भनिएपनि सरकारले कुनै पनि कडा नियम लागु गरेको छैन । जसले आम नागरिकलाई स्वास्थ्य मापण्दड पालना गर्न बाध्य बनाओस् । चाडपर्व नजिकिएका छन् । जस्तो सुकै समस्या भएपनि चाडपर्व धुमधामले मनाउने नेपालीको स्वभावले थप अबको १५ दिन संक्रमित अझ बढ्ने छन् । त्यसैले सचेत रहौं, सुरक्षित बनौं । स्वास्थ्य मापदण्डको पूर्ण पालना गरौं ।

प्राइम टाइम न्यूजका हेडलाइन्स ।

१. देशभर १५ सयभन्दा बढी संक्रमित थपिँदा काठमाडौँमा ९ सय २ जना, पीसीआर परीक्षणको शुल्क समायोजन नगरे ८ ल्याबको स्वीकृति खारेज गरिने ।

२. बलात्कारीलाई छुट नदिन दुई संसदीय समितिको सरकारलाई निर्देशन, अपराधीलाई कारवाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता, बली दिन भारत लैजादै गर्दा सप्तरीका दुई किशोरीको उद्दार ।

३. नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्धको मुद्दा हेर्दाहेैर्दैमा, अर्को पेशी शुक्रबार ।

४. दशैं आगमनको सूचक मानिने चंगा आकाशमा देखिनै छाडे, प्रविधिको पहुँचले चंगाको लोकप्रियता मात्र नभई रौनकमा ह्रास ।

५. र, भारतीय सीबीआई अन्तर्गत गठित विशेष अदालतले दियो बाबरी मस्जिद प्रकरणमा ३२ अभियुक्तलाई सफाई, घटना नियोजित नभएको तर्क ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Tags

Related Articles

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
We would like to show you notifications for the latest news and updates.
Dismiss
Allow Notifications