Videos

PRIME TIME 8 PM NEWS_2077_06_17 – NEWS24 TV (Video)



कोरोना भाइरसबाट काठमाडौं उपत्यका नयाँ हटस्पट बनेको कतै लुकेको छैन । बरु, यति हुँदा पनि सुरक्षाको मापदण्ड अपनाइएको छैन । त्यसमाथि पनि राजनीतिक दलका नेता, पत्रकार यसबाट अछुतो हुन सकेका छैन । यसैबीच, बालुवाटारमा पनि कोरोना देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय सदस्यका चार जनालाई संक्रमण देखिएको छ भने सुरक्षार्थ खटिएका ६५ जनालाई संक्रमण भएको छ । अवस्था भयावह हुँदै गएको छ । त्यसमाथि सरकारले नै काठमाडौं उपत्यका नआउन आग्रह गरेको छ । टोलटोलमा संक्रमण भेटिएका छन् । तर, यति हुँदा पनि नजिकिएको चाडपर्व, बजारमा अनियन्त्रित भीडले महामारीलाई बिर्साइदिएको छ । तर, नागरिकले बुझ्न जरुरी छ कि स्वास्थ्य भन्दा ठूलो चाडपर्व होइन । असामान्य अवस्थालाई सबैले मनन गरौं । सुरक्षित रहौं ।

प्राइम टाइम न्यूजका हेडलाइन्स ।

१. झण्डै १३ हजारको पीसीआर गर्दा २१ सय २० जनामा कोरोना संक्रमण, प्रधानमन्त्री सचिवालयका चार जनामा संक्रमण, संक्रमण बढेकाले काठमाडौं नआउन सरकारको आग्रह ।

२. मन्त्रिपरिषद पुर्नगठनबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालयको बैठक स्थगित, अर्को बैठक भोलि अपराह्न चार बजे बस्ने ।

३. दाङको भालुवाङ प्रदेश राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको ह्वीप, १४ सांसदको नोट अफ डिसेन्ट, कांग्रेसले प्रदेशसभा घेराउ गर्ने ।

४. दुर्गम क्षेत्र मात्र नभई काठमाडौंको कागेश्वरी मनहरा नै पहिरोको उच्च जोखिममा, सामान्य वर्षा हुँदा पनि पहिरो जान थाले पछि स्थानीय त्रसित ।

५. र, ६४ सालमा रौतहटमा भएको बम विस्फोट गराउने फरार अभियुक्त पक्राउ, अफताब आलमकै निर्देशनमा इट्टाभट्टाको भुंग्रोमा मान्छे हालेको स्वीकार ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PrimeTimeNews

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker
We would like to show you notifications for the latest news and updates.
Dismiss
Allow Notifications