PRIME TIME 8 PM NEWS_2077_12_10 – NEWS24 TV (Video)

दलहरुबीच ‘डेटिङ’ जारी छ , त्यो डेटिङको सेटिङ कस्तो हुने हो कुनै स्वरुप समेत कोरिन सकेको छैन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिनभर मधेस केन्द्रित दलका केही नेताहरु र प्रधानमन्त्रीसहित नेकपा एमालेका नेताहरुबीच निकै लामो समयसम्म डेटिङ चल्यो । सेटिङ के भयो त्यो देखिएला नै । जसपाका नेताहरु महन्थ ठाकुर , राजेन्द्र महतोलगायत नेताहरुबीच वालुवाटारमा गम्भीर वार्ता भयो तर त्यो वार्तामा उही जसपाका बाबुराम भट्टराई र उपेन्द्र यादव भने उपस्थित भएनन । के हल्ला चलेजस्तो प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा विभाजित गर्नै खोजेका हुन् त ? के जसपाको एक टुक्रा ओलीसंगै सरकारमा सहभागी हुन आतुर छ त ? वालुवाटार बहसले यो हल्लामा थप मलजल गर्ने अवसर भने जुटाएको छ । नयाँ सरकार कहिले बन्ला या यही सरकारले निरन्तरता पाउला त्यो किटान गरेर भन्न सक्ने कुनै आधार तय भएको छैन । जस्ले मुलुकलाई अन्यौलतर्फ धकेल्न खोजिरहेको छ भने सरकार गठनमा ढिला भए या संसदमा सहमति नबने मुलुक पुनः दुर्घटना फस्न सक्ने चिन्ता भने सर्वत्र बढ्दो छ ।
प्राइम टाइम न्युजका हेड्लाइन्स ।
१. सत्ता समीकरणले निर्णायक भनिएको जसपा विवादमा, पूर्वराजपाले प्रधानमन्त्रीलाई साथ दिने संकेत गर्दा पूर्वसमाजवादी विरोधमा ।
२. पार्टी फुटाउने पक्षमा नरहेको एमाले वरिष्ठ नेता माधव नेपालको प्रष्टोक्ती, पार्टी बाट निकालेर देखाउन अध्यक्ष ओली लाई चुनौती
३. नेकपा को एकता खारेज गर्ने फैसला पुनरवलोकनका लागि नेकपा माओवादी केन्द्रले निवेदन दिने, मागदाबी विपरीत राजनीतिक प्रकारको फैसला भएको निशकर्ष ।
४. प्रतिनिधिसभाको आजको बैठक चैत्र १८ गते बस्नेगरी स्थगित, नेपालको भूमि संरक्षण गर्न सांसदहरुको माग, सरकारले संसदको अपमान गरेको प्रतिपक्षी दल कांग्रेसको आरोप ।
५. र, सबै जिल्लामा कडार्इं गर्न गृहमन्त्रालयको निर्देशन, सीमानाकामा कुनै सुरक्षा सतर्कता अपनाइएन, नेपालमा पनि संक्रमणको जोखिम फैलने खतरा ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PrimeTimeNews