Videos

PRIME TIME 8 PM NEWS_2077_12_20 – NEWS24 TV (Video)



दलहरु सबै आआफ्नै सुर छ । नेपाली काँग्रेस राजनीति जोडघटाउमा अल्मलिदै गर्दा मधेस केन्द्रित दलहरु भने सत्ता यात्राको चालमा व्यस्त छन् । नेकपा एमाले भित्रको असन्तुष्ट माधवकुमार नेपाल समूह आफ्ना नेताहरु कारवाहीमा परेपछि एमालेमा छुट्टै घरजमको तयारीमा लागेको छ । माधव समूहको समानान्तर कमिटी गठन लगायतका गतिविधिबाट अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमा कुनै चिन्ता देखिएको छैन । उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आफ्ना हरेक भाषणको निशानामा ओलीलाई नै राख्दै आएका छन् । ओलीविरुद्ध आन्दोलनको जेहाद छाड्ने उद्घोष उनको हरेक अभिव्यक्तिमा पाइन थालेको छ । यिनै समाचारहरु लिएर हामी उपस्थित भएका छौ । यता काठमाडौंवासी भने गर्मी याम चढ्दै गर्दा मेलम्चीको पानी घरका धाराहरुमा झर्न थालेपछि नयाँ बर्ष २०७८ लाई सुखद बनाउने सोंचमा छन् ।

प्राइम टाइम न्युजका हेड्लाइन्स ।

१. मेलम्ची खानेपानी आयोजनाको पानीको औपचारिक वितरण सुरु, काठमाडौंका केही क्षेत्रका धारामा २४ सै घण्टा पानी झर्न थाले ।

२. काठमाडौं महानगरपालिका र सिसडोलवासीबीच सहमति भएपछि काठमाडौंमा थुप्रिएको फोहोर उठन थाल्यो, सिसडोलवासीको माग महानगरले पूरा गर्ने ।

३. प्लाष्टिकको विकल्पको खोजी भइरहेको समयमा झापाका युवाहरुले सुपारीको खबटाबाट बिभिन्न सामग्रीको उत्पादन थाले,प्लेट, थाल, बोटुका, चम्चा प्रयोगका लागि लोकप्रिय बन्दै ।

४. नेकपा एमालेका माधव नेपाल समूहले समानान्तर कमिटी घोषणा गर्ने, अध्यक्ष ओलीबाट नेताहरु विरुद्ध भएका कारवाहीको निन्दा ।

५. र, थ्री नेसन्स कपको उपाधि जित्ने राष्ट्रिय फुटबल टोलीका सदस्यहरुलाई सरकारले सम्मान गर्ने, जनही ४÷४ लाख नगद पुरस्कार दिने सरकारको घोषणा ।

SUBSCRIBE:
http://www.youtube.com/user/news24tvchannel
https://www.instagram.com/nbcnepal/
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker