Videos

PRIME TIME 8 PM NEWS_2077_12_23 – NEWS24 TV (Video)



नेपाली जनताहरु दक्षिणको छिमेकी सहिष्णु नभएको आवाज बारम्बार उठाउँदै आएका छन् । हुन पनि धेरै सीमाहरु मिचिएकै छ । पछिल्लो पटक दार्चुलाको महाकाली नदी किनारमा बनाइरहेका बाँधमा भारतले नेपाली भूमि मिचेको आवाज उठदै आएको छ । यो विषयमा चर्कोरुपमा उठेपछि नेपाल सरकारले गरेको आग्रह पछि बाँध र सीमाबारे संयुक्त अध्ययन गर्न भारत सरकार सहमत भएको छ । यता केही साताको अन्तरालमा प्रतिनिधिसभाको बैठक बस्यो । तर प्रवृति उही दोहो¥याइयो । दलहरुबीच आरोप प्रत्यारोपको श्रृंखलामा सोमबार पनि जारी रहयो । कोरोनाको कहालीले नेपाललाई पनि लपेटदै गर्दा सरकारले जेठ असारमा कोरोना संक्रमितको संख्या वृद्धि हुने अनुमान गरेको छ । यता कोरोनाविरुद्धको खोपको थप डोज समयमा नै नआए नेपालमा कोरोना खोप अभियान नै प्रभावित हुने सम्भावना बढेको छ । यी समाचारहरु आज हामीसंग छन । योसंगै नेपाल र चीनको बैंकिङ क्षेत्रमा हुने टेक्नोलोजी समान हुँदा नेपालको एटीएम ह्याकिङमा चिनियाँहरुको सक्रियता बढेको पनि रिपोर्ट देखाउने छौ ।

प्राइम टाइम न्युजका हेड्लाइन्स ।

१. महाकाली किनारमा भारतले बनाइरहेको बाँधको नेपाल र भारतका नापी अधिकारीहरुले स्थलगत अध्ययन गर्ने, यथार्थ चाँडै पत्ता लाग्ने परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ ।

२.सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी अझै अन्कनाउँदै, सरकारको चर्को आलोचना पनि गर्न नछाडने माआवादी केन्द्रको शैली आफै आलोचित बन्दै ।

३ केन्द्रमा दलहरुबीच बढेको विवादको असर प्रदेश सरकारमा देखिन थाल्यो , प्रधानमन्त्री ओली पक्षधर मुख्यमन्त्रीहरु सुरक्षित , कर्णाली प्रदेश सरकार ढल्ने निश्चित ।

४ जेठ र असार महिनामा संक्रमितको संख्या वृद्धि हुने स्वास्थ्यमन्त्री त्रिपाठीको अनुमान, नाकामा गरियो एन्टीजेन परीक्षण अनिवार्य,सोमबार मुलुकमा थपिए २६६ संक्रमित ।

५. र, नेपाली बैंकिङ क्षेत्रको कमजोर सुरक्षा प्रणालीको फाइदा ह्याकरहरुले उठाउँदै, नेपाल र चीनको समान प्रविधि भएको कारणपनि चिनियाँ ह्याकरहरु बढी सक्रिय ।

SUBSCRIBE:
http://www.youtube.com/user/news24tvchannel
https://www.instagram.com/nbcnepal/
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PrimeTimeNews

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker