Videos

PRIME TIME 8 PM NEWS_2077_12_28 – NEWS24 TV (Video)



सरकारले तत्कालका लागि कोरोना जोखिम न्यूनीकरणमा कुनै कडा कदम नचाल्ने भएको छ । तर अवस्था हेरेर यो निर्णय पछि गएर बदलिन सक्ने पनि कोभिड १९ संकट व्यवस्थापन केन्द्रले निष्कर्ष पनि निकालेको छ । यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने लकडाउन भए कसैले पनि अचम्म मान्नु नपर्ने चेतावनी दिदै स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गर्नु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको कारण नेपालमा कम्युनिष्ट सरकार बदनाम बनेको चर्चा गर्दा बाबुराम भट्टराईले ओली प्रवृतिबाट नेपाललाई जोगाउन सबै एक हुनु पर्ने धारणा राख्नु भएको छ । भक्तपुरमा विस्का जात्रा सुरु भएको समाचारसंगसंगै हामीसंग नेपालमा गैडाको संख्या वृद्धि भएको समाचार पनि बुलेटिनको प्राथमिकतामा छन् ।

प्राइमटाइम न्यूजका हेड्लाइन्स ।

१. दोस्रो चरणको कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्डमा कडाइ गर्ने सीसीएमसीको निर्णय, तत्कालका लागि कुनै कडा कदम नचालिने ।

२. दोस्रो चरणको कोरोना महामारीबाट बच्नका लागि पुनः लकडाउन हुनसक्ने प्रधानमन्त्री ओलीको चेतावनी, स्वास्थ्य सतर्कता अपनाएर सचेत बन्न आम देशवासीलाई आग्रह ।

३. प्रधानमन्त्री ओलीको हर्कतबाट देशलाई बचाउन जिम्मेवार भएर लाग्ने बाबुराम भट्टराईको भनाइ, सबै पार्टीसंगको सम्वादपछि मात्र सरकार गठनबारे निष्कर्ष निकालिने ।

४. नयाँ सरकारको नेतृत्व गर्ने दौडबाट देउवा गलेको संकेत, सत्ताको नयाँ समीकरणका लागि जनता समाजवादी पार्टीको निर्णय नै प्रबल बन्ने सम्भावना ।

५.र ६ बर्ष पछि भएको गणनामा गैडाको संख्या बढेर ७५२ पुग्यो , सबभन्दा बढी चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा ६९४ गैडा भेटिए ।

SUBSCRIBE:
http://www.youtube.com/user/news24tvchannel
https://www.instagram.com/nbcnepal/
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PrimeTimeNews

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker