Videos

PRIME TIME 8 PM NEWS_2078_01_02 – NEWS24 TV (Video)



कोरोना भाइरसले अहिले सबैभन्दा बढी बालबाबालिका र स्कुले विद्यार्थीलाई सताएको छ । तर विद्यालयहरु बढ्दो जोखिमलाई समेत परवाह नगरी निर्वाध चलिरहेको छ ।
कोरोना संक्रमणले खतराको घण्टी बजाउँदै गर्दा राजनीतिक गतिविधिको रफ्तार भने उस्तैछ । सरकार गिराउने र टिकाउने खेल जारी हुँदा गण्डकी प्रदेश सरकार संकटमा परेको छ । तर संसदीय गरिमामा आँच पुग्ने गरी अविश्वासको प्रस्ताव छल्न मध्यरातमा गण्डकी प्रदेशको प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । जस्को सर्वत्र आलोचना भएको छ ।
जग्गा जमिन सम्बन्धी कामलाई लिएर अब नापी कार्यालयको झन्झटिलो लाइनमा उभिनु नपर्ने भएको छ । तपाई इन्टरनेट चलाउनुहुन्छ भने मेरो कित्ता अनलाइनमा गएर आफ्नो घरजग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सक्नुहुनेछ । योसंगसंगै बुद्धकृष्ण श्रेष्ठले आठौं पटक जिब्रो छेडेर परम्परालाई धानेको न्यूज पनि आजको बुलेटिनमा समेटेका छौं ।

अप्राइम टाइम न्यूजका हेड्लाइन्स ।

१. शैक्षिक संस्था कोरोनाको हटस्पट बन्दै, काठमाडौं सहित १४ जिल्लाका विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको अपिल, बन्द नगर्ने विद्यालय सञ्चालकको अडान ।

२. जसपा एकमत नहुँदा सत्ता समीकरणको प्रष्ट चित्र आएन, उपेन्द्र्र यादव सहितले कांग्रेससँग छलफल चलाउँदा महन्थ ठाकुर प्रधानमन्त्रीसँग सघन छलफलमा ।

३.गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, विशेष अधिवेशन बोलाउन समावेदन, मुख्यमन्त्री पदका लागि सांसद कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्तावित ।

४. जग्गा धनी पूर्जा र कित्ता अनलाइन मार्फत हेर्न सकिने, पहिलो चरणमा काठमाडौं उपत्यकाका ८ नापी कार्यालयबाट सेवा सुरु ।

५.र ,भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइयो, यसवर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले दिए निरन्तरता ।

SUBSCRIBE:
http://www.youtube.com/user/news24tvchannel
https://www.instagram.com/nbcnepal/
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker