Videos

PRIME TIME 8 PM NEWS_2078_01_10 – NEWS24 TV (Video)



कोरोनाकै कुरा गर्नु पर्ने बाध्यता आइपरेको छ । दिनानुदिन संक्रमणको दर बढ्दै गर्दा केही जिल्लामा थप सतर्कता अपनाउन थालिएपनि धेरै स्थानको व्यवस्थापन पक्ष फितलो छ । शुक्रबार जारी पछिल्लो २४ घण्टाको संक्रमितको संख्या २ हजार ४ सय नाघेको छ । अब चानचुने तयारीले नहुने संकेत पनि तथ्यांकहरुले दिन थालेका छन् ।
कोरोनाले संकट थप्दै गर्दा नेकपा एमाले भित्र भने दूरी झन बढ्दो छ । शुक्रबार एमाले केपी शर्मा ओली समूहले माधवकुमार नेपाल समूहलाई पूरै बाइपास गरेर स्थायी कमिटी गठन गरेको छ । यता जनता समाजवादी पार्टी एकताको एक बर्ष मनाउँदै गर्दा पार्टी विभाजनको संघारमा उभिएको छ ।
राष्ट्र बैंकको निर्देशन पछि बैंक तथा वित्तीय संस्थाहरुमा आएको तरलतामा कमी आएकोसंगसंगै नेपालमा पहिलो पटक हुन लागेको फ्रेञ्चाइज फुटबल प्रतियोगिताको तयारी पूरा भएको समाचार पनि बुलेटिनमा समेटेका छौ ।

प्राइम टाइम न्यूजका हेड्लाइन्स ।

१. शुक्रवार नेपालमा थप २ हजार ४ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि, २४ घण्टामा ४ सय १० जना संक्रमण मुक्त ।

२. देशभर संक्रमितको दर बढेपछि सर्वत्र सतर्कता अपनाउन थालियो, मकवानपुरमा सवारीमा जोरविजोर प्रणाली लागू हुने, मोरङको सीमानाकामा कडाई गरिएपनि रुपन्देहीमा फितलो ।

३. माधव नेपाल समूहलाई बाहिर राखेर एमालले गठन ग¥यो स्थायी कमिटी, माओवादी छाडेर आएका नेताहरु पनि सामेल ।

४. सत्ता समीकरणमा निर्णायक बनेको जसपा एकताको एक बर्ष पूरा, एकताको बर्षगाँठ मनाउँदै गर्दा सत्ताको विषयलाई लिएर जसपामा विभाजनको खतरा बढ्दै ।

५ र, गत साउन महिनामा अधिक तरलता रहेको बैंक तथा वित्तीय संस्थामा तरलता घट्यो, अनुत्पादक क्षेत्रको कर्जा प्रवाहमा केन्द्रीय बैकको चासो ।

SUBSCRIBE:
http://www.youtube.com/user/news24tvchannel
https://www.instagram.com/nbcnepal/
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Related Articles

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker